दंगाली सन्तोषलाई गिनिज वल्र्ड रेकर्डको प्रमाण पत्र

 संगीतकार सन्तोष श्रेष्ठको नाम गिनिज बुक अफ वल्र्डमा रेकर्ड भएको छ । विश्वमा बोलिने १२ अन्तर्राष्ट्रिय भाषामा गीत संगीत गरेपछि उनको नाम गिनिज बुक अफ वल्र्डमा रेकर्ड भएको हो । दाङ निवासी चर्चित संगीतकार श्रेष्ठले अन्तर्राष्ट्रिय बाह्र भाषामा सङ्गीत भर्न सफल भएका कारण नाम गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको हो । गिनिज वर्ल्ड रेकर्डले श्रेष्ठलाई विश्व कीर्तिमानी सङ्गीतकारका रूपमा प्रमाणपत्र प्रदान गरेको छ ।

डा. डिआर उपाध्यायको शब्द र सन्तोषको संगीतमा नेपाली, हिन्दी, चाइनिज, जापानी, अङ्ग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेन, इटालियन, जर्मन, थाई गरी १४ भाषामा गीत रेकर्डिङ गरिएको थियो । दुई दशक बढि समयदेखि नेपाली गीत(संगीत क्षेत्रमा सक्रिय सन्तोष यो सफलताले आगामी दिनमा झनै संगीत कर्ममा डटेर लाग्ने प्रोत्साहन मिलेको बताएका छन । श्रेष्ठका ‘तिम्ले पराई ठानेपछि पराई हुन‘, तिम्रो दिलमा चोट लाग्दा मेरो दिलमा दुख्छ‘ लगायत दर्जनौँ गीतहरु चर्चित रहेका छन । उनका ३४ एकल गिती एल्वम प्रकाशित भएका छन ।

प्रतिकृया दिनुहोस