तुलसीपुर प्रहरी प्रमूखको एक महिने समिक्षा

ईलाका प्रहरी कार्यालय तुलसीपुरले अपराधिक घटना न्यूनिकरण तथा नियन्त्रणमा ७ सय ६३ जनाको पहिचान गरेको जनाएको छ । आज बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी ईप्रका तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले ती मध्ये १ सय ७८ जनालाई कारर्बाहीको दायरमा ल्याइएको जानकारी दिनुभयो । उनीहरुलाई काउन्सीलिङ गर्ने,बुवा आमा,दाजु भाईसँग पुर्नमिलन र जीवन उपयोगी कुराहरु सिकाई घर फर्काउने काम गरिएको र केटाहरुको कानका मुद्रा फाल्न लगाउने र कपाल काट्ने काम ईप्रकाले गरेको डिएसपी सिंहले बताउनुभयो । उहाँले मादक पदार्थ सेवन गरि सवारी साधन सञ्चालन गरेका दुई जनालाई सार्वजनिक अपराधमा अदालतमा कानूनी कारबार्ही शुरु गरिएको बताउनुभयो ।

मापासे गरेका ब्यक्तिलाई अदालत सम्म पु¥याउने काम ईलाका प्रहरी कार्यालय तुलसीपुरमा पहिलो पटक भएको जानकारी दिनुभयो । टोल सुरक्षा समिति गठन गर्ने भावि कार्यक्रमको प्राथमिकतामा रहेको उहाले बताउनुभयो । यसबाट समुदायमा हुने सवैप्रकारका अपराधमा न्यूनिकरण तथा नियन्त्रण हुने बिश्वास उहाँले गर्नुभयो ।  ईलाका प्रहरी कार्यालयले आत्म हत्याका घटना र घरेलु मदिरा उत्पादनमा नियन्त्रण गर्न सोचे अनुरुप गर्न नसकेको उहाले   बताउनुभयो ।

उहाँले भन्नुभयो,यसलाई नियन्त्रण गर्ने चुनौतिमा जनशक्तिको अभाव पनि पर्छ । गत जेठ तेस्रो साता बाँकेबाट सरुवा भई आउनुभएको प्रहरी नायव उपरीक सिंहले अवैद्य रुपमा गरिने नदिजन्य बस्तु उत्खनन् नियन्त्रण,टोले गुण्डा नियन्त्रण,जुवा तास नियन्त्रण,लागु औषध नियन्त्रण र प्रहरीको आचारणमा सुधार गर्ने प्रतिबता गर्नुभएृको थियो । उहाँले ती प्रतिबद्धता केही पुरा गरेको र बाँकी नागरिक,राजनीतिकर्मी,ब्यबसायी,पत्रकार लगायतको सहयोगको अपेक्षा गर्नुभयो ।
 

प्रतिकृया दिनुहोस