३ बर्षमा ३ पटक उत्कृष्ठ –तुलसीपुर उपमहानगरपालिका प्रमुख पाण्डे

तुलसीपुर उपमहानगरपालिका स्थानीय तहको निर्वाचन पछि ३ पटक उत्कृष्ठ भएको भन्दै नगरप्रमुख घनश्याम पाण्डेले नगरबासीमा खुसी साटासाट गर्नुपर्ने बताउनुभएको छ । 
पदभार ग्रहण गरेको ३ बर्ष पुगेको अबसरमा आयोजित पत्रकार सम्मेलनमा ३ वटा क्षेत्रमा तुलसीपुर उपमहानगरपालिका उत्कृष्ठ भएको जानकारी उहाले दिनुभयो ।
२० बर्ष देखि रिक्त रहेको स्थानीय तहको कार्य सम्पादन तथा मूल्याकनमा मुलुकभर अन्तीम स्थानमा हुने उपमहानगरपालिका स्थानीय तहको ३ बर्ष पुग्दा नेपाल सरकार सहरी विकास मन्त्रालयले प्रत्येक बर्ष गर्ने नागरिकको सेवामा उत्कृष्ठ नगरपालिका घोषणा,स्मार्ट सीटिको अवधारणमा शुरु गरीएको अनलाईन सिस्टम मार्फत सवै वडामा पन्जीकरण सेवा सञ्चालन गरेबार्फत उत्कृष्ठ उपमहानगरपालिका र युवा राष्ट्रिय परिषद्ले युवा मैत्री नगर तुलसीपुर उपमहानगरपालिकाको रुपमा सरकारले घोषणा गर्दै ५ लाख नगद सहित सम्मान भएको जानकारी नगरप्रमुख पाण्डेले जानकारी गराउनुभयो ।
गौरवपूर्ण ३ बर्ष र आगामी गन्तब्य नारा सहित तुलसीपुर उपमहानगरपालिकाले आज बिहीबार स्थानीयत तहमा जनप्रतिनिधिहरु आएको ३ बर्ष पुगेको अबसरमा भएका उपलब्धिका बारेमा पत्रकार सम्मेलन मार्फत तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी गराउनुभएको थियो ।
पत्रकार सम्मेलनमा पाण्डेले भन्नुभयो,५ बर्षभित्र खरका छानो बिस्थापन गर्न शुरु गरिएको छ । ७ सय भन्दा बढि बिस्थापन गरिएको र आगामी बर्षका लागि २ करोड मूल्यका टिन खरिद भसकेको उहाले बताउनुभयो । मातृ मृत्यु दर तुलसीपुर उपमहानगरपालिकामा सुन्य भएको बताउनुभयो । महिला मैत्री लैङिक  नगरपालिकाको अवधारण अनुसार सवै वडामा स्वास्थ्य संस्था सञ्चालन गरिएको,सामुदायिक  शिक्षा सुधारमा काम गरिएको मेयर पाण्डेले जानकारी दिनुभयो । उहाँले साधारण शिक्षा बाट प्राबिधिक शिक्षा सञ्चालन गर्न ८ वटा बिद्यालयमा लागु गरिएको बताउनुभयो ।
पहिलो चरणमा मेट्रो र बहुप्राबिधिक शिक्षालय अन्तर्गत बन बिज्ञान शुरु भएको छ ।
बिभिन्न वडाका गरि ३२ वटा सामूदायिक बिद्यालयलाई मर्ज गरिएको उहाँले जानकारी दिनुभयो । प्रतिबद्धता गरे अनुसार केही काम भने गर्न नसकेको उहाँले स्वीकार गर्नुभयो ।स्पोर्ट सीटिको रुपमा तुलसीपुरलाई बिकास गर्न नसकिएको,स्मार्ट सीटि बनाउन प्राबिधिक कठिनाई भएको,सडक र तारलाई ब्यबस्थापन गरि सुन्दर सहर बनाउन नसकिएको नगरप्रमुख पाण्डेले बताउनुभयो ।

प्रतिकृया दिनुहोस