स्मार्ट कृषि गाँउ कार्यक्रमले परिवर्तन ल्याउदै

२ बर्ष अघिदेखि शुरु भएको स्मार्ट कृषि गाँउ कार्यक्रमबाट नागरिकले लाभ लिन शुरु गरेका छन् ।
प्रदेश ५  सरकारले २०७५ सालमा कृषिको पकेट क्षेत्र विकास गर्ने योजनाअन्तर्गत दाङका ६ गाउँलाई स्मार्ट कृषि गाउँमा परिणत गर्ने योजना अगाडि बढाएको थियो  । 
कृषि ज्ञान केन्द्र दाङको समन्वयमा एक सांसद एक कृषि गाउँअन्तर्गत ६ गाउँलाई स्मार्ट कृषि गाउँ बनाएको हो । देउखुरी क्षेत्रमा लमहीको हरदवा,गढवाको गुसुरा, घोराही ८ स्यानी गाउँ,तुलसीपुर १४ लुहाडबर मटेरा, बंगलाचुलीको रिभानटोल गाउँ र शान्तिनगर वडा नम्बर ७ दुबिचौर,बुढाडाबरमा लागु भएको छ । 
स्मार्ट कृषि गाँउ लागुभएको शान्तिनगर गाँउपालिका वडा नम्वर ७ का मोहनलाल खत्रीले कृषि ब्यबसायबाट राम्रो आम्दानी गर्नुभएको छ ।
यसअघि परम्परागत रुपमा धान र मकै खेति गर्दै आएका खत्रीले ब्यबसायिक तरकारी खेति गर्न शुरु गर्नुभएको छ । जसका कारण उत्पादन र आम्दानीले ठुलो परिवर्तन गराएको छ ।
सरकारले तरकारीको विउ,टनेल लगायतको उपलब्ध गराएको  छ ।
एउटा सानो टनेलबाट १५÷२० हजार सम्म आम्दानी हुने गरेको छ भने उहाँको टमाटर खेतिका लागि मात्र ६ वटा टनेल छन् ।
१० घर परिवारले ब्यवसायिक रुपमा बेमौसमी तरकारी समेत गरेका   छन् । टमाटर, लौका, काक्रा, खुर्सानी गरिएको ओम प्रकाश शर्माले बताउनुभयो ।
२ वटा टनेल बनाएका शर्माले ३५ हजार भन्दा बढी आम्दानी गर्नुभएको छ ।
शान्तिनगर गाउँपालिका ७ दुविचौरका गोविन्द रावतले रोजगारी नपाउदा  ३ बर्ष मलेसिया र ४ बर्ष साउदीमा बस्नुभयो । तर कमाई राम्रो भएन् ।  २०७५ सालदेखि गाउँमा स्मार्ट  कृषी कार्यक्रम लागु भएपछि २ वटा टनेलमा तरकारी खेति शुरु गर्नुभएको छ ।
मकै, गहुँ रोप्दा खान समेत नपुग्ने अबस्थाका कारण खाडी मुलुक जानुपरेको बताउने रावत अहिले भने ब्यबसायी तरकारी खेतिबाट राम्रो आम्दानीले दंङ पर्नुभएको छ ।
गाउँमा  ६ समुहमा ६० जना कृषकहरु उक्त पेसामा लागेको स्मार्ट कृषि गाउँ कार्यक्रमका संयोजक दुर्याेधन वलीले बताउनुभयो । 
५० विगाह जमिनमा ब्यवसायी तरकारी खेति गर्न आवद्ध बनाउने र किसानहरुको आयआर्जनमा बृद्धि गर्नको लागी यो क्रममा लागु भएको उहाँले बताउनुभयो ।
त्यसका लागी ५० लाख बजेट आएको थियो, भने किसानहरुले २० प्रतिशत लगानी गरेको उहाँले बताउनुभयो । 
 

प्रतिकृया दिनुहोस