क्षेत्रिय स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता पश्चिम दाङमा शुरु

दाङ,१९ चैत

निर्वाचन क्षेत्र नम्वर ३ दाङ स्तरीय १० औ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बिरेन्द्र माध्यामिक बिद्यालय भ्यूडर सुनपुरमा आजदेखि शुरु भएको छ । बुधबारसम्म सञ्चालन हुने रनिङ सिल्ड प्रतियोगितामा निर्वाचन क्षेत्र नम्वर ३ का ३२ वटा माबि तहका ८ सय बढी बिद्यार्थीहरुले बिभिन्न प्रतियोगितमा भाग लिने छन्् ।

रनिङ सिल्ड प्रतियोगिताको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डले आज सोमबार गर्नुभएको हो । उच्च माबिका तर १८ बर्ष मुनिका बिद्यार्थीहरुले समेत रनिङ सिल्डमा भाग लिन पाउँने ब्यबस्था छ । प्रतियोगिता अन्तर्गत भलिवल छात्र छात्रा, एथलेटिक्स तर्फ कपर्दी छात्र छात्रा,१ सय,२ सय,४ सय,८ सय,१५ सय,३ हजार छात्रछात्रा दौड,१०० × ४ र ४००×४ रिले दौड हुने छन्् । त्यस्तै हाईजम्प,लङजम्प,ट्रिपल जम्प,सर्टफुट र ज्बलिङ थ्रो लगायतका प्रतियोगिता हुनेछन्् । बिजयी बिद्यालय तथा खेलाडिहरुले रनिङ सिल्ड,ट्रफी,प्रमाण पत्र पाउने छन्् । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजक समिति निर्वाचन क्षेत्र नम्वर ३ का संयोजक टोपेन्द्र थापाको अध्यक्षता,नगरप्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्य तथा दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँँगीको बिशिष्ठ आतिथ्यमा गरिएको उद््घाटन कार्यक्रममा श्रोत ब्यक्ति बिष्णु केसी,बिद्यालय ब्यबस्थापन समितिका अध्यक्षहरुको तर्फबाट पूर्णबहादुर वली,अमर उच्च माबि उरहरीका प्राचार्य पद्यमप्रसाद न्यौपाने,बिरेन्द्र माबि भ्यूडरका पूर्ब अध्यक्ष लिलाराम न्यौपाने लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।त्यसअबसरमा स्वागत मन्तब्य बिरेन्द्र माबि भ्यूडर सुनपुरका प्रधानाध्यापक मदनकुमार शर्माले गर्नुभएको थियो भने सहजीकरण जीतबहादुर गिरीले गर्नुभएको थियो ।जिल्लाका ३ निर्वाचन क्षेत्र मध्ये देउखुरीमा १ नम्वरको रनिङ सिल्ड सम्पन्न भई सकेको छ भने अव निर्वाचन क्षेत्र नम्वर २ को बैशाष महिनमा हुने तयारी छ ।

 

 

 

Comment

प्रतिकृया दिनुहोस