समाचार

    नराम्रा कुरालाई मात्र समाचार नबनाई राम्रा कुरालाई पनि लेख्नपर्छ ः बस्नेत

    दाङ,३० चैत
     
    दाङ,३० चैत
    प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेलले पत्रकारले प्रतिपक्षको भूमिका निर्वाह गर्ने मात्र हाईन राम्रा कामलाई पनि बाहिर ल्याउन सक्नुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङ शाखाको ८ औ जिल्ला अधिबेसनको उद्घाटन कार्यक्रममा आज शुक्रबार घोराहीमा बोल्नुहुदै उहाले सधै प्रतिपक्षको भूमिका खेल्ने पत्रकारले राम्रा पक्षका बारेमा उजागर गर्नुपर्ने बताउनुभयो । उहाले एमालेको भातृसंगठनको रुपमा रहेको प्रेस चौतारी नेपालले ३ वटै तहका सरकारले गरेका राम्रा पक्षलाई पनि बाहिर ल्याउनुपर्ने बताउनुभयो । प्रतिपक्षको आँखाले मात्र नहेरी राम्रा पक्षलाई हेर्नुपर्ने बताउनुभयो । तथ्यका आधारमा सत्य खोज्ने गर्दा निदाएका बेला देखेको सपना होईन बिउँझेका बेला देखेको सपना पुरा हुने बताउनुभयो । उहाले चौतारीमा आबद्ध पत्रकारहरुलाई माउ पार्टी नेकपा एमालेले संरक्षण गर्नुपर्ने बताउनुभयो । पछिल्लो निर्वाचनबाट ३ वटै तहमा बर्चश्व जमाएको नेकपा एमालेले चौतारीमा आबद्ध पत्रकारहरुलाई कम्तीमा पनि कार्यालय सहयोगीले पाउने तलव सुबिधा सरह स्थानीय तहमा रोजगारीको अवसर दिनुपर्ने बताउनुभयो । सो अबसरमा नेकपा एमाले संसदीय दलकी नेता शान्ता चौधरी,नेकपा एमालेकी नेता एबम प्रतिनिधि सभा सदस्य सुजाता शाक्य,घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी,नेकपा एमाले प्रचार बिभाग सदस्य डिल्ली बिसी,नेकपा एमाले जिल्ला अध्यक्ष टीकाराम खड्का,प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष सबीन प्रियासन,पूर्ब केन्द्रिय उपाध्यक्ष शरद अधिकारी,पेशागत महासंघका अध्यक्ष कुमार शर्मा,नेपाल पत्रकार महासंघ दाङका सचिब भुपेन्द्रप्रकास वली,नेपाल प्रेस युनियनका अध्यक्ष सुशील बस्नेत,क्रान्तिकारी पत्रकार मञ्चकी जिल्ला अध्यक्ष जानकी चौधरी,पत्रकार दुर्गालाल केसी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । सो अबसरमा चौतारी निकट बिभिन्न पत्रकारहरुलाई पुरस्कृत गरिएको थियो । चौतारीका अध्यक्ष टीका बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष संगित बस्याल र सहजीकरण सचिब बसन्त बिबस आचार्यले गर्नुभएको थियो ।
     

     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal