दाङ,३० चैत
उच्च अदालत तुलसीपुरका कार्यबाहक मूख्य न्यायाधिस ईश्वरप्रसाद आचार्यले मदीरा बिक्रि बितरणलाई ब्यबस्थीत गर्न सके बिकृतीको न्यूनिकरण हुने बताउनुभएको छ । ब्रह्माकुमारी ईश्वरीय बिश्वबिद्यालय राजयोग प्रशिक्षण केन्द्रले नँया बर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा उहाले मदिराजन्य पदार्थका कारण मुलुकमा अराजक तत्व सृजना हुने गरेको बताउनुभयो । अन्य तत्वहरु भएपनि मदिराजन्य पर्दाथका कारण अराजक,अशान्ति हुने गरेको न्यायाधिस आचार्यले बताउनुभयो ।मन शान्ति हुन सके मात्र मान्छे स्वस्थ्य हुने बताएका न्यायाधिस आचार्यले मन नियन्त्रण हुन नसके आनीबानि खराव हुने उहाले बताउनुभयो । त्यसका लागि प्रत्येक नँया बर्षमा १ वटा गलत बानीलाई हटाउने संकल्प लिन सक्नुपर्ने सुझाब दिनुभयो । केन्द्रका प्रमुख गीता दिदीको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले परिवर्तन आफैबाट गरिनुपर्नेमा जोड दिएका थिए । ईष्या,दोयस,आक्रोस र नकारात्मक बिचारलाई मानिसले राख्दा मनमा शान्ति आउन नसक्ने बताएका थिए ।
उक्त अबसरमा उच्च अदालतका न्यायाधिस रामबहादुर थापा,१९ नम्वर बाहिनीका प्रमुख बिज्ञानदीप पाण्डे,संघिय प्रहरी ईकाइ कार्यालयका प्रमुख दीलीप चौधरी,आयुर्बेद चिकित्सा बिज्ञान प्रतिष्ठानका प्रमुख डाक्टर श्याममणी आचार्य,तुलसीपुर नगरपालिकाका प्रतिनिधि देवराज बिश्वकर्मा,शसस्त्र प्रहरी बेश क्याम्पका प्रतिनिधि नीमबहादुर भण्डारी,मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिब एबम पत्रकार सुशील बस्नेत,तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष रामप्रसाद चालिसे र सदस्य सपना बस्नेत,महिला मानव अधिकार रक्षक सञ्जालका जिल्ला संयोजक सुष्मा गिरी,राप्ती सार्बजनीक यातायात समितिका सदस्य दीवाकर न्यौपाने लगायतले नँया बर्षको शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सागरनाथ अधिकारीले गर्नुभएको थियो ।
यसैबिच बिक्रम सम्बत् २०७४ आज शुक्रबार मध्यरातबाट बिदा हुदैछ । आज राती १२ बजेदेखि बिक्रम सम्बत् २०७५ शूरु हुदैछ । नेपालीहरुले नँया बर्षलाई भब्य रुपमा मनाउने चलन छ । नँया बर्षको अवसरमा एकले अर्कालाई बधाई तथा शुभकामना दिने चलन निकै छ । बिगतको समिक्षा गर्दै नँया बर्षमा शान्ति,सुख र सम्बृद्धिको कामना गर्ने चलन छ । पश्चिमा संस्कृतीका कारण अग्रेजी बर्षमा पनि न्यूएअरको रुपमा मनाउने चलन पनि बढदै गएको छ । यसैबिच नेपाली काग्रेस दाङले आज शुक्रबार बिज्ञप्ती जारि गरि नयाँ बर्षको अबसरमा शुभकामना दिएको छ । पार्टी सभापति कृत्तिबहादुर खड्का र सचिब शंकरप्रसाद डाँगीले बिज्ञप्ती जारि गरि सबै दङाली जनताको सुख,शान्ति र सम्बृद्धिको कामना ब्यक्त गर्नुभएको छ । यसैबिच मानव अधिकार तथा शान्ति समाज दाङ शाखाका सभापति सुरेश हमाल,केन्द्रिय सचिब सुशील बस्नेतले पनि नँया बर्षको शुभकामना दिनुभएको छ । यस्तै नेपाल प्रेस युनियन दाङ शाखाका अध्यक्ष सुशील बस्नेत र सचिब देबेन्द्र बस्नेतले पनि शुभकामना दिनुभएको छ । रेडियो तुलसीपुरका अध्यक्ष दीपेन्द्र गिरी दिपुले पनि नँया बर्षको अवसरमा शुभकामना दिनुभएको छ ।