समाचार

    ७५३ तहमा सुचना हक कार्यान्वयनका लागि आयोगको निर्देशन

    दाङ,२९ चैत
    राष्ट्रिय सुचना आयोगका आयुक्त एशोदा तिमिल्सेनाले स्थानीय तहले सुचनाको हक सम्बन्धि बनेको ऐन कार्यान्वनय नगरेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाले आज बिहीबार घोराहीमा आयोजना गरेको सुचनाको हक सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उहाले ७ सय ५३ वटा स्थानीय तहमा सुचनाको हक कार्यान्वयनका लागि निर्देशन दिइएको बताउनुभयो । तर पठाईएको ५ पृष्ठको ऐन प्राप्त समेत नभएको जानकारी पाएको उहाले बताउनुभयो । ऐन हातमा नै छैन,कसरी ऐन कार्यान्वयन गर्ने जवाफ पाईयो,आयुक्त तिमिल्सेनाले बताउनुभयो । फेरी अर्को पटक सबै तहमा सुचनाको हक सम्बन्धि ऐन पठाएको बताउनुभयो । अव पनि कार्यान्वयन भएन भने सम्बन्धि कार्यालयका प्रमुख वा तोकिएको सुचना अधिकारी डामिने छ,उहाले चेतवनी दिनुभयो । लिखित रुपमा आबश्यक सुचना माग्ने बानी बसाल्नुपर्छ,निबेदन दिएको १५ दिन भित्र सुचना अधिकारीले लिखित रुपमा सुचना दिनुपर्छ,सुचना अधिकारीले दिएन भने ७ दिन भित्र कार्यालय प्रमुखले सुचना दिनुपर्छ,जम्मा समय २२ दिन हो,उहाले भन्नुभयो । यदी २२ दिन भित्र सुचनाको हक कार्यान्वयन भएन भने सम्बन्धित ब्यक्ति कारर्बाहीमा पर्छ,आयुक्त तिमिल्सेनाले बताउनुभयो ।संघिय संरचनामा सिहदरवार गाँउ गाँउमा भनिएको छ । सिहंदरवारको गलत बेथितीहरु गाँउ गाँउ पुग्न सक्ने संकेत देखिएको छ,उहाले भन्नुभयो ।सो अबसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब उदय जीएम,जिल्ला समन्वय समितिका संयोजक जीतेन्द्रमान नेपाली,घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी,जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अमरराज आचार्य,नेपाल पत्रकार महासंघका पूर्ब अध्यक्ष केवी मसालले सुचनाको हकका बारेमा बोल्नुभएको थियो । सो अवसरमा पत्रकार सुनील पोख्रेल,सुर्दशन रिजाल,केपी घिमिरे,नारायण रजौरेले जिल्लामा सुचनाको हक कार्यान्वयन अझै प्रभाबकारी रुपमा हुन नसकेको गुनासो गर्नुभएको थियो । त्यसअबसरमा महासंघका पूर्ब अध्यक्ष सुदीप गौतमले बिषय प्रबेश,स्वागत मन्तब्य सहसचिब गोर्कण पौड््ेल र सहजीकरण सचिब भुपेन्द्रप्रकास वलीले गर्नुभएको थियो ।
     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal