समाचार

    उपभोक्ताहरु माग पुरा गर्न सकिएको छैन ः खानेपानि अध्यक्ष वली

    दाङ,२७ चैत
    तुलसीपुर क्षेत्रमा उपभोक्ताहरुको माग अनुसार पानी पु¥याउन सकिएको छैन । उपभोक्तारुको माग अनुसारको पानी पु¥याउन नसकिएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष खेमराज वलीले बताउनु भएककोे   छ । उहाँका अनुसार अहिले तलसीपुर क्षेत्रमा २४ घण्टामा ५० लाख लिटर पानीको माग छ तर खानेपानी उपभोक्ता संस्थाले २४ घण्टामा ३२ लाख लिटर पानी वितरण गरिरहेको छ । यो पानीले पनि उपभोक्ताहरुलाई प्रयाप्त त छैन तर पनि यति पानीले  तुलसीपुर क्षेत्रका नागरिकहरुलाई पुग्छ भनेर ३२ लाख लिटर पानी वितरण गरिएको हो, उहाँले भन्नुभयो ।  यति पानी खर्च गर्दा पनि बजार एरिया  तथा सहरी क्षेत्रमा एउटा घरमा ४र५ ओटा परिवारसम्म  बस्ने हुनाले पानी पु¥याउन नसकिएको अध्यक्ष खेमराज वलीले बताउनु  भयो  ।  
    तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिले हेर्ने क्षेत्र  भित्र हाल ३ ओटा वभरटहेड पानी ट्याङ्की रहेका छन् भने ६ हजार वटा धाराहरु रहेको अध्यक्ष वलीले बताउनुभयो ।
    तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था तुलसीपुर उपमहानगरपालिका ५ को कम्पाउण्ड भित्र रहेको पानी ट्याङ्की साढे ४ लाख लिटरको छ । यस्तै तुलसीपुर ६ मा (संघीय इकाई (एसपी) प्रहरी कार्यालय) रहेको  ओभरहेड ट्याङ्की १ लाख २५ लिटरको छ । त्यसै गरी तुलसीपुर उपमहानगरपालिका १२ टरिगाउँमा ट्याङ्की २ सय २५ लिटरको रहेको प्रमुख वलीले बताउनुभयाो  । यस्तै हाल अहिले तरलसीपुर क्षेत्रमा ६ हजार धाराको संख्या रहेकोमा अब एक हजार धाराहरु वितरण गर्ने लक्ष्य रहेको समेत जानकााारी  दिनुभयो । उहाँका अनुसार तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा अझैं पनि २ र३ हजार धाराको माग छ तर एक हजार धारा वितरण गर्ने उद्देश्य रहेको छ । यो धाराहरु वितरण गर्नका लागि खरिद समेत गरिसकेको छ । पानीको मुहानको स्रोतहरुको व्यवस्थापन गर्न नसकिएकाले उपभोक्ताहरुको माग अनुसारको पानी पु¥याउन नसकिएको बताउनुभयो  । पानीका मुहानका स्रोतहरु संरक्षण गर्नका लागि राज्यबाट पनि आवश्यकता अनुसारको लगानी नभएकाले कारणले भने जति पानी दिन नसकिएको हो । दीर्घकालीन पानीको व्यवस्थापन गर्नका लागि पातुखोलामा नेपालमा पहिलो पटक ड्याम निर्माण गर्ने योजनामा लागि रहेको छ भने  तत्कालीन योजनामा बबई नदीको पानी व्यवस्थापन गर्नका लागि लिफ्ट गरेर तुलसीपुरमा ल्याउने योजना बनाइ रहेको उहाँले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका भित्र हाल ११ वटा ओभरहेड पानी ट्याङ्कीहरु छन् भने ९ ओटा सञ्चालनमा रहेका छन् । त्यसमध्येमा  ३ ओटा ओभरहेड पानी ट्याङ्कीहरु तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले सञ्चालन गरिरहेको संस्थाका अध्यक्ष वलीले जानकारी दिनुभएको छ  । यसै बिच तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले चालु आर्थिक बर्षको ८ महिनामा साढे १ करोड बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक बर्षको यो अवधिमा १ करोड ६६ लाख ६५ हजार  ५ सय २० रुपैयाँ राजस्व संकलन भएको संस्थाका लेखापाल ताण्दव प्रसाद भण्डारीले जानकारी दिनुभयो । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले चालु आर्थिक बर्षको ८ महिनामा साढे १ करोड बढी रकम खर्च गरेको छ । १ करोड ५० लाख ५५ हजार  ९ सय १५ रुपैयाँ खर्च भएकोे बताउनुभयो । 
    चालु आर्थिक बर्ष २०७४ र ०७५ को श्रावण महिनामा २७ लाख, ९६ हजार, १ सय ९७ रुपैयाँ राजस्व संकलन भएको छ भने १५ लाख ६२ हजार ६ सय ७ रुपैयाँ खर्च भएको छ । भदौ महिनामा २० लाख ७२ हजार ६ सय ४७ राजस्व संकलन भएकोमा १५ लाख, ५५ हजार, ८ सय ३८ रकम खर्च भएको छ । यस्तै असोजमा १८ लाख २१ हजार, ४ सय १९ रुपैयाँ राजस्व संकलन भएकोमा २२ हजार ६४ हजार ८ सय ७१ खर्च भएको भण्डारीले बताउनुु भयो  । 
    कार्तिक महिनामा २१ लाख, ३५ हजार, १ सय ७६ राजस्व संकलन भएको थियो भने १२ लाख, ४२ हजार ८ सय २२ रुपैयाँ खर्च भएको थियो । यसै गरी मंसिर महिनामा १७ लाख ६१ हजार ६ सय २४ राजस्व संकलन भएको उनले बताए । मंसिर महिनामा भएको खर्च १३ लाख ७५ हजार ९ सय १६ रहेको छ । पौष महिनामा २१ लाख, ४३ हजार ९ सय ६७ राजस्व संकलन भएको थियो भने ४१ लाख ५० हजार ९ सय ३० रुपैयाँ खर्च भएको छ । पौष महिनामा आम्दानी भन्दा खर्च धेरै भएकोउहाँकाके भनाई छ । यस्तै माघ महिनामा १७ लाख, ७५ हजार ३ सय २४ राजस्व संकलन भएकोमा १२ लाख, ५ हजार ८ सय ८८ रुपैयाँ खर्च भएको छ । आचु आर्थिक बर्षको फागुण महिनामा २१ लाख, ५९ हजार १ सय ६६ रकम राजस्व संकलन भएको थियो भने १६ लाख, ९६ हजार, ५३ रुपैया खर्च भएको  थियो । यस्तै गत आर्थिक बर्ष २०७३ र २०७४ मा ३ करोड, २० लाख, ९ हजार, ४ सय, २८ रुपैयाँ राजस्व संकलन भएको थियो भने ३ करोड, ९ लाख, ६१ हजार, ९ सय, ५५ रुपैयाँ संस्थाबाट खर्च भएको थियो । यस आर्थिक बर्ष लक्ष्य अनुसार आम्दानी भएको तर अहिले साना साना कामहरु गरिरहेको हुनाले खर्च भने लक्ष्य भन्दा कम भएको लेखापाल भण्डारीले बताउनुभयो । उहाँका अनुसार अहिले सोचे अनुसार कामहरु हुन ठूलो कामहरु गर्न सकिरहेको छैन त्यसैले लक्ष्य भन्दा कम रकम खर्च भएको हो । नगर विकास कोसबाट ४ करोड  ऋण लिएका कारण प्रत्येक बर्षको ६र ६ महिनामा बुझाउनु पर्छ । प्रत्येक बर्षको पौष महिना  र असार महिनामा बुझाउनु पर्ने हुँदा यी दुई महिनामा आम्दानी भन्दा खर्च बढी हुने गर्दछ , लेखापाल भण्डारीले भन्नुुभयो । भण्डारीका अनुसार यस आर्थिक बर्षमा संस्थाले साना कामहरु मात्रै गरिरहेको छ त्यसैले खर्च सोचे भन्दा पनि कम भइरहेको छ । 
     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal