रोटरी र लाइन्सको अध्यक्षमा हमाल

रोटरी क्लव अफ तुलसीपुर सिटी र लायन्स क्लव अफ दाङ बर्ष २०२०÷२०२१ का लागि दुवै संस्थामा युवा व्यवसायी सुरेश हमाल अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । यसअघिका पदाधिकारीहरुको कार्यकाल सकिएपछि स्वतः हमाल दुवै संस्थाको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । हमालको अध्यक्षतामा गठित रोटरी क्लव अफ तुलसीपुरको इलेक्टेड प्रिजिडेन्टमा शिवप्रसाद श्रेष्ठ, नोमिनी प्रिजिडेन्टमा यज्ञबहादुर केसी, उपाध्यक्षहरुमा विनिल केसी, सन्दीपन रिजाल र इन्जिनियर पवन योगी निर्वाचित भएका छन् । सचिवमा देवेन्द्र केसी, कोषाध्यक्षमा दुर्गाबहादुर केसीलगायत अन्य सदस्यहरु चुनिएका छन् । 

त्यसैगरी हमाल नेतृत्वकै लायन्स क्लव अफ दाङको प्रथम उपाध्यक्षमा हेमन्त डाँगी, दोस्रो उपाध्यक्षमा गणेश अधिकारी, तेस्रो उपाध्यक्षमा भागवत घिमिरे निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा विनिल केसी, कोषाध्यक्षमा टोपबहादुर विष्ट, सहसचिव भोजराज न्यौपाने चुनिएका छन् । दुवै संथामा केही दिनपछि पदभार ग्रहणको कार्यक्रम तय हुने दुवै संस्थाका अध्यक्ष हमालले बताएका छन् ।

प्रतिकृया दिनुहोस