नेपालमा कोरोना भाइरसका ११ उच्च जोखिम जिल्ला मध्ये दाङ सातौ नम्वरमा !

कोरोना भाइरसवाट उच्च जोखिममा रहेको नेपालका ११ जिल्लामा दाङ सातौ उच्च जोखिमको नम्वरमा पुगेको छ । नेपालका ११ जिल्लामा पाँच सयभन्दा बढी कोरोना संक्रमित देखिए र ती जिल्लालाई रेडजोनका रुपमा लिइएकोमा दाङ उच्च जोखिमको सातौ नम्वरमा रहेको हो । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म प्रदेश नम्बर २ का रौतहट, महोत्तरी र सर्लाही , प्रदेश नम्बर ५ का कपिलवस्तु, पाल्पा र दाङ, कर्णाली प्रदेशको दैलेख र सुदुरपश्चिम प्रदेशको कैलाली, अछाम, डोटी र बाजुरा जिल्लामा पाँच सय भन्दा बढी संक्रमित देखिएका छन्। उच्च जोखिमको पहिलो नम्वरमा प्रदेश नं. २ को रौतहट जिल्ला रहेको छ ।  हालसम्म रौतहटमा एक हजार ३सय ९७ जना संक्रमित देखिएको छन्। रौतहटमा १ एक हजार ३६ पुरुष र ६१ महिला संक्रमित पुष्टि भएका छन्। त्यसैगरी महोत्तरीमा ७ सय ३४ संक्रमितमध्ये ७ सय ३ पुरुष र ३१ महिला संक्रमित छन्।

सर्लाहीमा ६ सय ७४ संक्रमित पुष्टि भएका छन्। सर्लाहीमा पुरुष ६ सय २८ र महिला ४६ संक्रमित पुष्टि भएका छन्। प्रदेश ५ को कपिलबस्तुमा ७ सय ५३ संक्रमितमध्ये ६ सय ९२ पुरुष र ६१ महिला जना महिला छन्। त्यसैगरी, दाङमा कोरोना संक्रमितको संख्या ६ सय २६ पुगेको छ। जसमध्ये ५ सय १९ पुरुष र १०७ महिला संक्रमित भएका छन्। पाल्पामा हालसम्म ५ सय ३८ जना संक्रमित भएका छन्। पाल्पामा ४ सय ९५ पुरुष र ४३ महिला संक्रमित भएका छन् । कर्णाली प्रदेशको दैलेखमा ७ सय ९७ जना संक्रमित पुगेका छन्। दैलेखमा ७ सय ४२ पुरुष र ५५ महिला संक्रमित छन्। 

त्यसैगरी सुदूरपश्चिम प्रदेशको कैलालीमा ८ सय २९ संक्रमित मध्ये पुरुष ६ सय ५९ पुरुष र १७० महिला संक्रमित छन्।सुदूरपश्चिम प्रदेशकै अछाममा संक्रमितको संख्या ५ सय ८६ पुगेको छ। अछाममा पुरुष ४ सय ६७ र महिला १सय १९ छन्। डोटीमा ५सय ५३ कोरोना संक्रमित पुगेका छन्। डोटीमा ३ सय ९० पुरुष र १६३ महिला संक्रमित छन्। सुदूरपश्चिमकै बाजुरामा ५ सय ३९ संक्रमित पुष्टि भएकामध्ये ३ सय ६८ जना र १सय ७१ महिला संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शनिबार थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । संक्रमितमध्ये डिस्चार्ज हुनेको संख्या ६ हजार ४१५ पुगेको छ भने हालसम्म ३४ जनाले ज्यान गुमाएका छन् ।

प्रतिकृया दिनुहोस