आगामी आईतवार देखि साझ ५ बजे सम्म पसल खुल्ने

तुलसीपुर बजार आगामी आईतवार देखि  साँझ ५ वजेसम्म खुल्ने भएको छ । नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा तुलसीपुर उपमहानगरपालिकामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । सामाजिक दुरी र अन्य सुरक्षा व्यवस्था अपनाएर साँझ ५ वजेसम्म बजार खुला गर्ने निर्णय भएको  विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले जानकारी दिनुुुभयो । उहाका अनुसार कोरोना संक्रमणको अवस्था हेरेर समय हेरफेर गरिने भएको छ ।
असार मसान्तको समयमा १२ वजेसम्म मात्रै पसल खोल्दा व्यवसायीहरु मारमा परेको भन्दै विभिन्न व्यवसायीक संगठनहरुले अनुरोध गर्दै आएका थिए । ५ वजेसम्म पसल खोल्न निर्णय गरेपनि भिडभाड हुने होटेल, जिम क्लव, नाइ लगायतका पसल भने नखुल्ने भएका छन् । आइतबारबाट यो लागु हुनेछ ।

प्रतिकृया दिनुहोस