दाङमा पीसीआर टेष्ट रोकियो

दाङमा स्वाव संकलन र परीक्षणको काम रोकिएको छ । सिस्टमको समस्याका कारण राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले पीसीआर टेष्टलाई बुधबारदेखि रोकेको हो । पीसीआर टेष्ट परीक्षणमा आएको समस्याका कारण आईसोलनस र क्वारेन्टाईनमा बसेका मानिसहरुको कोरोना टेष्ट थप केही दिन लाग्न सक्ने देखिएको छ । केही दिन  अघि दुई वटा मेसीन जडान भएको र अव दैनिक १ हजार भन्दा बढीको स्वाव परीक्षण हुने सामाजिक सञ्जाल मार्फत प्रचार बाजी गरिएको भएतापनि अहिले भने सिस्टमका कारण टेष्ट हुन नसक्ने बताएको छ । समुदायमा संक्रमणको चरणमा पुग्नै लागेको होकी भन्ने आशंका गरिरहेको अबस्थामा प्रतिष्ठानले परीक्षणमा समस्या देखाउनु,भैरहवा स्थीत स्वाव परीक्षणमा दैनिक ३०÷३५ जनाको मात्र गर्न सकिने भन्नु र नेपालगञ्जमा एक हप्त पछि मात्र दाङबाट पठाएको स्वाव परीक्षण हुने जानकारी दिदा झनै चिन्ता र चासो बढेको छ ।
कोरोना संक्रमणको त्रासका कारण तुलसीपुर स्थीत ऐभरेष्ट बैकको शाखा कार्यालय बुधबारदेखि सील गरिएको छ । तुलसीपुर उपमहानगगरपालिका वडा नम्वर ७ का अध्यक्ष बैकको कारोबारका लागि आएको हुदा स्वास्थ्य सुरक्षा सर्तकताका लागि बैक सिल गरीएको जानकारी प्राप्त भएको तुलसीपुर उपमहानगरपालिकाका कोभिड १९ फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो । अध्यक्षमा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएदेखि वडा नम्वर ७ सील गरिएको छ ।
यसैबिच,भारत लगायत तेस्रो देशबाट दाङ आउनेको संख्या कमि आएपछि क्वारेन्टाइनमा बस्नेको संख्या घट्दै गएको छ । 
अहिलेसम्म जिल्लाका विभिन्न स्थानबाट १० हजार बढी क्वारेन्टाइनबाट घर गएका छन् ।
२ सय ११ स्थानमा स्थापना गरिएका क्वारेन्टाइनबाट मंगलबार साँझसम्म १० हजार ३ सय ८७ जना क्वारेन्टाइन छोडेको स्वास्थ्य कार्यालय दाङका कोरोना फोकलपर्सन कमल चन्दले जानकारी दिनुभयो । उहाका अनुसार अहिले जिल्लाका विभिन्न स्थानमा १ हजार ३ सय ९ जना क्वारेन्टाइनमा बसेका छन् । १० वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा २ हजार ३ सयमध्ये १ हजार ८ सय ४४ जनाले क्वारेन्टाइन छोडेका छन् । घोराहीमा अहिले ४ सय ५६ जना रहेका छन् । 
तुलसीपुर उपमहानगरपालिकामा १ हजार ४ सय ४८ मध्ये १ हजार २ सय ७० जनाले क्वारेन्टाइन छोडेका छन् भने अहिले क्वारेन्टाइनमा अहिले १७८ जना रहेका छन् ।
बबई गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १ हजार ४ सय ३२ जनामध्ये १ हजर ३ सय ४२ जना क्वारेन्टाइन छोडेका छन् । 
तुलसीपुर उपमहानगरको क्वारेन्टाइनमा हाल ९० जना बसेका छन् ।
बंगलाचुली गाउँपालिकाको क्वारेन्टाइनमा बसेका १ हजार ३ सय ९७ मध्ये १ हजार ३ सय ५४ जनाले क्वारेन्टाइन छोडेका छन् । 
बंगलाचुलीका विभिन्न स्थानमा ४३ जना रहेका छन् । 
राप्ती गाउँपालिकामा १ हजार ३ सय ४८ जनामध्ये १ हजार ३ सय ४८ जनाले क्वारेन्टाइन छोडेका छन् भने अब २ सय १४ विभिन्न स्थानका क्वारेन्टाइनमा छन् ।
लमही नगरपालिकामा १ हजार २ सय ५ जनामध्ये १ हजार १ सय ६७ जनाले क्वारेन्टाइन छोडेका छन् ।
३८ जनामात्रै क्वारेन्टाइनमा बसेका छन् । गढवा गाउँपालिकामा १ हजार १४ जनामध्ये ८ सय ६७ जनाले क्वारेन्टाइन छोडेका छन् भने १ सय ४७ जना अहिले क्वारेन्टाइनमा रहेका छन् । 
शान्तिनगर गाउँपालिकामा ७ सय २४ जनामध्ये ६ सय ७७ जनाले क्वारेन्टाइन छोडेका छन् । अब ४७ जना रहेका छन् ।
त्यसैगरी राजपुर गाउँपालिकामा ५ सय ४५ मध्ये ४ सय ७६ जनाले क्वारेन्टाइन छोडेका छन् ।
अब त्यहाँ ६९ जना रहेका छन् । 
दंगीशरण गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा बसेका २ सय ८३ जनामध्ये २ सय ३६ जनाले क्वारेन्टाइन छोडेका छन् भने अहिले ४७ जना विभिन्न क्वारेन्टाइनमा रहेका छन् ।
क्वारेन्टाइन छोड्नेमध्ये स्वाव परिक्षणको रिपोर्ट नेगेटिभ देखिएका घर फर्किएका छन् ।
कोरोनाको संक्रमण पुष्टि हुनेको आइसोलेसनमा उपचार भइरहेको छ ।
दाङमा १० हजार ३ सय ८२ जनाको स्वाव संकलन गरिएकोमा मंगलबारसम्म ९ हजार ८ सय १७ जनाको रिपोर्ट आएको छ । 
जसमध्ये ९ हजार २ सय ३७ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ भने ५ सय ९० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । 
अहिले दाङको ५ सय ३५ जनाको स्वाव प्रतिक्षामा रहेको छ । 
 

प्रतिकृया दिनुहोस