वडाध्यक्ष डाङीलाई आक्रमण गर्ने मध्येका ३ जना पक्राउ

शान्तिनगर गाउँपालिका वडा नं २ का वडा अध्यक्ष फर्साराम डाँगीलाई कार्यकक्षमै आक्रमण गरि घाइते बनाएको  आरोपमा तीनजना पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय दाङले घटना भएको २४ घण्टा नवित्दै तीन जना आरोपीलाई पक्राउ गरेको हो  ।
शान्तिनगर गाउँपालिका ४ स्थानीय घर भई तुलसीपुर उपमहानगरपालिका ५ मासुमार्केटमा बस्ने २९ बर्षिय अर्जुन शाही, शान्तिनगर २ सिवसुन्दर पुर मा ५१ बर्षिय इन्द्र बहादुर वली र शान्तिनगर ३ भलानेटीका रेशम बहादुर विकलाई पक्राउ गरि अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक चक्र डमरपालले जानकारी दिनु भयो । तीन जनालाई अदालतबाट म्यादथप गरि अनुसन्धान गरिने भएको छ ।
वडा अध्यक्षकोटाउँ, हात, खुट्टामा गम्भीर चोट लागेको छ । उहाको राप्ती प्रारदेशीक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि हेलिकप्टर माफर्त डाँगीलाई मंगलबार काठमाडौ लगि उपचार भैइरहेको छ ।

प्रतिकृया दिनुहोस