तुलसीपुरका एकजना वडा अध्यक्ष सहित दाङमा २१ जना कोरोना संक्रमित

तुलसीपुर उपमहानगरपालिकाका एक वडा अध्यक्षलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले मंगलवार सार्वजनिक गरेको पिसिआर परिक्षणमा वडा अध्यक्ष सहित दाङमा थप २१ जनामा कोरोना पुष्टि भएको हो । तुलसीपुर उपमहानगरपालिकाका वडा अध्यक्ष मा कोरोना पुष्टि भएको हो । मंगलवार तुलसीपुरका ६ जना, शान्तिनगरका ४ जना र घोराहीका ११ जनामा कोरोना पुष्टि भएको हो । भने सल्यानका दुई जनामा पनि कोरोना पुष्टि भएको छ । दाङका १० वटै स्थानीय तहका ५८८ जनामा कोरोना देखिएको छ ।

प्रतिकृया दिनुहोस