‘प्रसाद’ को व्यापार अनपेक्षित !

दशैं रिलिज फिल्म ‘छक्का पञ्जा ३’ पछि नेपाली फिल्मले अपेक्षित व्यापार गर्न सकेका छैनन् शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘प्रसाद’ को व्यापार भने अनपेक्षित देखिएको छ‘लै लै’ गीतले फिल्मको निर्माण अगावै राम्रो हाइप निर्माण गरेको थियो भने ट्रेलरले दर्शकमा फिल्मप्रति अपेक्षा बढाएको थियो अहिले यसको प्रभाव बक्सअफिसमा देखिएको छ फिल्मको इनिसियल बक्सअफिस कलेक्सन आक्रामक रहेको वितरकको दाबी छ ।

प्रदर्शनको दुई दिन अगाडि राजधानीमा भएको प्रियिमरमा चलचित्रकर्मीले निर्देशकको काम, कलाकारको अभिनय र संवेदनशिल विषयवस्तुको मुक्तकण्ठले प्रशंसा गरेका थिए निःसन्तान दाम्पतीको कथा-व्यथा वाचन गरेको फिल्मलाई अहिले दर्शकले पनि उत्तिकै रुचाएका छन् बलियो ‘वर्ड अफ माउथ’ ले फिल्म बक्सअफिसमा लामो रेसको घोडा बन्ने देखिएको छ प्रदर्शनको पहिलो दिन ७५/८० प्रतिशत अकुपेन्सी कायम गरेको फिल्मको शनिबार लगभग शतप्रतिशत अकुपेन्सी रहेको वितरकको भनाई छ राजधानी वितरक गोविन्द शाही र मोफसल वितरक मनोज राठीका अनुसार, शुक्रबारभन्दा शनिबार फिल्मको कलेक्सनमा ठूलो अन्तर देखिएको छ ।

चिसिँदो मौसमको प्रवाह नगरि बिहानैदेखि हलमा दर्शकको भीड देखिएको वितरक बताउँछन् फिल्मले दुई दिनमा लगभग एक करोड कलेक्सन गर्ने अनुमान फिल्मी पण्डितहरुको छ मल्टिप्लेक्स र सिंगल स्कृन जताततै दर्शकको उत्साहजनक उपस्थिति रहेको निर्माता सुबास थापाले बताए टिकट अभावका कारण धेरै दर्शक घर फर्किन समेत बाध्य भएको हल सञ्चालकले बताएका छन् फिल्म हेरेर निस्किएका अधिकांश दर्शकले कलाकारको अभिनय र कथावस्तुको प्रशंसा गरेका छन् निर्माताले सर्वाधिक शेयर हात पार्ने काठमाण्डौको क्यूएफएक्स चेन अन्र्तगतको ५ वटा हलमा फिल्मले शनिबार पाएको १६ सोज सबै हाउसफुल भएका छन् ।

केही सोज भने ‘सोटाइम’ भन्दा केही घण्टा अगाडि नै सोल्डआउट भए अन्य मल्टिप्लेक्सहरुमा पनि फिल्म हाउसफुल छ यो अवस्था सिंगल स्कृनमा पनि देखिएको छ शनिबार मध्यमवर्गिय दर्शकको चाप रहने राजधानीका गोपीकृष्ण, अष्टनारायण, गुण, गंगालगायतका हल ‘सोटाइम’ भन्दा एक घण्टा अगाडि नै हाउसफुल भएका छन् मोफसलमा पनि यस्तै अवस्था रहेको वितरक राठी बताउँछन् उनी फिल्मप्रति दर्शकको क्रेज देखेर अचम्मित छन् भन्छन्, ‘सुरुवात यस्तो हुन्छ भन्ने कल्पनै गरेका थिएनौं मोफसलका कुनै हलमा दर्शक अभाव छैन ’ ‘प्रसाद’ ले दर्शकसँगै समीक्षकबाट पनि उत्कृष्ट प्रतिक्रिया पाएको छ ।

धेरैपछि नेपाली फिल्मले बलिउड फिल्मलाई समेत छायाँमा पारेको छ प्रियंका चोपडाले निर्माण गरेको नेपाली भाषाको सिक्कमी फिल्म ‘पाहुना’ र सुशान्त सिंह राजपुत-सारा अलि खान स्टारर फिल्म ‘केदारनाथ’ उक्त फिल्मका कारण सकसपूर्ण अवस्थामा छन् मल्टिप्लेक्समा दुई फिल्मभन्दा शुक्रबार र शनिबार ‘प्रसाद’ मा दर्शकको उच्च चाप देखिएको छ विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत फिल्मको केन्द्रिय भूमिकामा छन् ।

फिल्मका मेरुदण्ड विपिन हुन् उनको चरित्रले फिल्मलाई शक्तिशाली बनाएको छ फिल्मले अन्तरजातीय विवाह गरेर राजधानी छिरेको एक प्रेमिल जोडीको कथा भन्छ विपिन र नम्रताको जीवनमा निश्चलको प्रवेशपछि आउने उचारचढावमा फिल्म केन्द्रित छ यसका निर्देशक दिनेश राउत हुन् कथा सुशील पौडेलको हो।

फिल्मीखबर,बाट साभार

 

प्रतिकृया दिनुहोस