थप उपचारका लागि वडा अध्यक्ष डाँगीलाई काठमाडौ

एक समूहको आक्रमणबाट गम्भीर घाइते भएका दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीलाई हेलिकप्टरबाट काठमाडौ लगिएको छ ।
घाइते वडाध्यक्ष डाँगीलाई उपचारका लागि तुल्सीपुरस्थित राप्ती प्रदेशिक अस्पतालमा प्रराम्भिक उपचार पछी थप उपचारका लागि काााठमाडौ लगििएको हो । 
वडा कार्यालयको आफ्नै कार्यकक्षमा बसिरहेको समयमा मंगलबार करिब साढे ११ बजेको समयमा वडाध्यक्ष डाँगीमाथि एक समूहले आक्रमण गरेको दाङका प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिनुभयो ।
डीएसपी खड्काका अनुसार चार पाँच जनाको एउटा समूहले वडाध्यक्ष डाँगीमाथि लाठी प्रहार गर्दा उहाको टाउको र हातमा चोट लागेको छ । 
वडाध्यक्ष डाँगीमाथि कसले र कुन समूहले किन आक्रमण गरेको हो भन्नेबारे अहिले खुल्न नसकेको र आक्रमण गर्ने समूहको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ ।
 

प्रतिकृया दिनुहोस