थप ३४ जना कोरोना पुष्टि हुदा दाङमा ५२० जना

दाङमा आईतवार थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब जिल्लामा संक्रमितको संख्या ५२० जना पुगेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले जनाएको  छ । पिसिआर परिक्षण गर्दा ४० जनाको रिपोट पोजेटिभ आएको छ । जसमा तुलसीपुरका ७ जना सहित दाङमा ३४ जना कोरोना संक्रमित थपिएका छन् । बाँकी ६ जना मध्ये पाँच जना कपिलबस्तु र एक जना रोल्पाका रहेका छन् । तुलसीपुर ११ उरहरी मावि क्वारेन्टाईनबाट संकलन गरिएको नमुना परिक्षण गर्दा दुई जनामा कोरोना पुष्टि भएको हो ।तुलसीपुर ११ का ३५ र रुकुमका ३५ बर्षिय पुरुषमा कोरोना पुष्ट भएको हो । यस्तै रक्षाचौर क्वारेन्टाईनबाट संकलन गरिएको ५ जनाको नमुना परिक्षण गर्दा रिपोट पोजेटिभ आएको छ । यस्तै घोराहीका ५ जना, बंगलाचुलीका १४ जना र राप्ती गाउँपालिका ८ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस