सोती नरसंहारमा राजनीतिक दलले अपेक्षाकृत साथ दिएनन् ः दलित समुदाय

रुकुमको सोती लगायत देशका बिभिन्न स्थानमा भएका दलित समुदायको हत्यामा राजनीतिक दलहरुले चासो नदिएको आंशका गरेका दलित समूदायले दाङमा आधिकारीक धारणा माग गरेका छन् । रुकुम पश्चिम सोती नरसंहार लगायत धनुषा र रुपन्देहीमा गरिएको हत्या तथा जातिय बिभेदका बिरुद्धको बहस कार्यक्रममा दलित समुदायका ब्यक्तिहरुले आक्रोस ब्यक्त गरेका हुन । दलित नागरिक समाज दाङ र संयुक्त दलित युवा अभियानले शनिबार तुलसीपुरमा आयोजना गरेको बहस कार्यक्रममा सहभागि दलीत महिला निर्मला गुप्ताले राजा फाल्न सडकमा,भाषण गर्दा तारी बजाईदिन चौरमा चाहिने दलित समूदायका युवाहरुको नरसंहरा हुदा सम्म एउटा बिज्ञप्ती समेत लेख्न नसक्नु दुखद भएको बताउनुभयो । नेपाल दलित संघका केन्द्रिय सचिब देवीका नेपालीले राजनीतिक दलका भातृ संगठनहरुले गरेको आन्दोलनले पुग्ने भए माउ पार्टीको भूमिका के हुने भन्नुभयो । दलित समूदायलाई बाध्य गराई बिद्रोहमा धकल्ने काम कसैले पनि गर्न नहुने नेपालीले बताउनुभयो ।
दलितमाथि यति ठुलो बज्रपात हुदा पनि राजनीतिक दलहरुले चुक्क पनि बोल्न नसक्दा आश्च्र्य लागेको दलित अगुवा जोगेन्द्र बिश्वकर्माले बताउनुभयो । दलित समूदायलाई राजनीतिक दलहरुले संरक्षण गर्न नसक्दा अहिले रुकुम र जाजरकोट क्षेत्रका दलित समूदाय त्रासले बाँच्न बाध्य भएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा दाङका सचिवालय सदस्य पदम केसीले सत्तामा रहेको पार्टी नेकपाका केही नेताहरुले सोती घटनामा सन्तोषजनक भूमिका नखेलेको बताउनुभयो । अव यो सवाल दलितको मात्र नभई सबै मानवको बनाएर जानुपर्ने बताउनुभयो । तर पार्टीले कुनैपनि स्थानमा दलितमाथि भएको पछिल्लो घटनाका सम्बन्धमा कार्यक्रम नगरेको स्वीकार गर्नुभयो । आगामी दिनमा ऐक्यवद्धताका साथ गर्ने प्रतिबद्धता जनाउनुभयो । नेपाली काग्रेस दाङ क्षेत्र नम्वर ३ का सभापति जगतबहादुर खड्काले सोती घटनामा सरकारले गर्न सक्ने त्रुटिलाई प्रतिपक्ष दलको हैसीयतले नजिकबाट नियाली रहेको बताउनुभयो । तर जिल्ला जिल्लाबाट राजनीतिक दलहरुले आन्दोलनलाई शसक्त रुपमा लैजानुपर्नेमा त्यसो हुन नसकेकाले अव ऐक्यबद्ध भएर अगाडी बढनुको बिकल्प नभएको बताउनुभयो।
जनता समाजबादी पार्टीका जिल्ला उपाध्यक्ष मोहन वलीले समूदायमा यस्ता घटना हुन नदिन सत्तासिन पार्टी नेकपा लगायत सबै दलहरुले मोर्चा बनाई अभियान चलाउनु पर्ने बताउनुभयो ।
राप्रपाका जिल्ला अध्यक्ष हंशराज केसीले यो बहसले छुवाछुत तथा जातिय बिभेद बिरुद्ध थप जिम्मेवार बनाएको बताउनुभयो  । क्रान्तिकारी नेकपाका ईश्वरी गैरले वर्तमान ब्यबस्थाले अल्पसंख्य दलित,पछिडा बर्ग लगायतको पक्षमा नभएको जिकीर गर्नुभयो । तर सोती हत्याका सम्बन्धमा पार्टीले सडक तताई रहेको बताउनुभयो ।
मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय महासचिब सुशील बस्नेतले सोती हत्या लगायत देशका बिभिन्न सवालमा राजनीतिक प्रभाब पार्न नहुने बताउनुभयो । प्रभाबका कारण पीडितले न्याय पाउन नसकेमा असन्तुष्टि हुने र त्यसलाई राज्यले समाल्न नसक्ने चेतावनी दिनुभयो ।
उच्च अदालत बार एशोसियसन तुलसीपुरका अध्यक्ष रबीन्द्र शर्माले निष्पक्ष न्यायका लागि खबरदारी गरिरहनुपर्ने सुझाब दिनुभयो । पहिलो संकेत नै राम्रो देखिएन । दोषि भनिएकी केटीकी आमालाई एकलाख धरौटीमा रिहाई गर्ने आदेश भएको छ ,उहाले बताउनुभयो ।
दलित नागरिक समाज दाङका संयोजक छवी परियारको अध्यक्षतामा भएको कार्यक्रममा दिनेश सेपाईली,हिमाल सेपाईली,ओमलाल बिश्वकर्मा,नारायण परियार,सन्तोष परियार,सन्तोष चनारा,पोषण सेन्चुरी,प्रकाश सेपाईली,लिलाधर नेपाली,मोहन स्वर्णकार,प्रेमनारायण सिंह,शेरबहादुर परियार,खेमराज बिश्वकर्मा,पदम बिक लगायतले राजनीतिक दललाई आन्दोलनमा ऐक्यबद्ध जनाउन आग्रह गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तब्य संयुक्त दलित युवा अभियानका संयोजक खेमराज बिश्वकर्मा,धन्बाद ज्ञापन समाजका कोषाध्यक्ष निर्मला गुप्ता र सहजिकरण दलित अधिकारकर्मी निर्मल  नेपालीले गर्नुभएको थियो । यसअघि दलित समूदाय संगठित भएको दलित नागरिक समाज र संयुक्त दलित युवा अभियानले दवाव मूलक बिभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस