थप ७५ कोरोना संक्रमित हुदा दाङमा ४५५ जना पुगे

दाङमा थप ७५ जनामा कोरोना संक्रमण देखिएको छ । यो सँगै दाङमा कोरोना संक्रमित हुनेको संख्या ४५५ जना पुगेको छ  ।शुक्रवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमितहरु घोराही उपमहानगरपालिका–३१ जना, तुलसीपुर उपमहानगरपालिका ११ जना, बंगलाचुली गाउँपालिका १० जना, राजपुर गाउँपालिकाका १० जना, शान्तिनगर गाउँपालिका ६ जना, लमही नगपालिका ३ जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ३ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस