दाङमा कोरोनो टेस्टमा बिहीवार ६०७ जनाको नेगेटिभ

६ सय ७ जनाको दाङमा आज बिहीबार कोरोना भाईरस संक्रमणका लागि गरिएको पीसिआर टेष्टमा सबै नेगेटिभ भएको छ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका अनुसार घोराही उपमहानगरपालिका वडा नम्वर २ बुकाको क्वारेन्टाईनमा बसेका २सय १५ जना,बबईगाँउपालिकाको क्वारेन्टाईनमा बसेका १ सय ६० जना मध्ये ५ जना,लमही नगरपालिकाको क्वारेन्टाईनका ५० जना मध्ये टेष्ट गरिएका ३९ जना,शान्तिनगर गाँउपालिकाका ६५ जना मध्ये २० जनाको पीसिआर टेष्ट गरिएको थियो ।
त्यस्तै बंगलाचुली गाँउपालिका क्वारेन्टाईनका ७७ जना मध्ये ५७ जना,र ६७ जना मध्ये ५९ जना,राप्ती स्वाथ्य बिज्ञान प्रतिष्ठानले संकलन गरेको ४ जना र अरु थप २ जना,शान्तिनगर गाँउपालिकाका चिराघाटबाट संकलन गरिएको ६५ जना मध्ये २० जनाको स्वाव टेष्ट गरिएको हो । तुलसीपुर उपमहानगरपालिका रक्षाचौर क्वारेन्टाईनमा संकलन गरीएको १ सय ३१ जना मध्ये २५ जनाको परीक्षण गरीएको थियो ।
त्यस्तै,घोराही ३ झिंग्री,गोग्ली  गैरागाँउबाट १ सय ३९ जनाको स्वाव संकलन गरेकोमा ९४ जनाको टेष्ट,घोराही १९ सैघा पाँचपोखरीबाट संकलन गरिएको ५७ जना मध्ये सबैको टेष्ट गरिएको थियो ।
यसैक्रममा सल्यान कपुरकोट ३ कालिका मावि क्वारेन्टाईनमा संक्रलन गरिएको १६र सल्यान कपुरकोटमा संकलन गरीएको १४ जना सबैको रिपोर्ट नेगेटिभ आएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका शाखा अधिकृत रोशन आचार्यले जानकारी दिनुभयो ।
हाल प्रतिष्ठानमा १३ हजार ६ सय ४४ जनाको स्वांव संकलन गरिएको मध्ये ११ हजार ६ सय ७७ जनाको परिक्षण गरीएको छ । परीक्षणका क्रम ५ सय १४ जनामा पोजेटिभ,११ हजार १ सय ३५ जनाको नेगेटिभ र परीक्षण हुन बाँकी १ हजार ९ सय ६७ जना छन् । फलोअपमा २८ जना रहेका राप्ती स्वास्थय बिज्ञान प्रतिष्ठानले जनाएको छ ।

प्रतिकृया दिनुहोस