विषालु च्याउ खाँदा दाङमा ६ जना बिरामी

विषालु च्याउ खाँदा दाङमा ६ जना बिरामी परेका छन्। राप्ती गाउँपालिका वडा नं. २ बराहखुटी निवासी २० वर्षीया अमृता रावत, उनकी १० महिने छोरी सेजुना रावत, सोही वडाका ५० वर्षीय टीका कुमाल, २२ वर्षीया सरस्वती कुमाल, १७ वर्षीया सुस्मिता कुमाल र तीन वर्षीया कृतिका कुमाल विषालु च्याउ खाँदा बिरामी परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए। उनीहरुले खेतमा भेटिएको च्याउ पकाएर खाएका थिए। त्यसपछि बिरामी परेको प्रहरीले जनाएको छ। बिरामी परेकाहरुको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस