लक्ष्मीपुजा : झक्मक्क तुलसीपुर

तुलसीपुर, २१ कार्तिक । 
यमपन्चकको तेस्रो दिन वुधवार दीपावलीका साथ लक्ष्मीपुजा गरियो । कार्तिक कृष्ण औशीँका दिन धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको पुजा गरिन्छ ।

साँझ घरको सरसफाई गरी मुलढोकादेखि पूजा कोठासम्म पिठो र अबिरले लक्ष्मीको प्रतिकात्मक पाइला बनाएर झिलिमिली बत्ती बालेर लक्ष्मीको स्वागत गरिन्छ । अध्यारोमा लक्ष्मीको बास नहुने मान्यताअनुसार घरघरमा दीपावली गरिन्छ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गदिर्नन् भन्ने भनाइ छ ।

सबैतिर सफा राखी आँगन , दैलो­सङ्घार, झ्याल, ढोका, चोटा, कोठा, अटाली, कौसी, बरन्डा, भ¥याङ आदि ठाउँमा झलमल्ल गरी बत्ती बालिने हुनाले यस चाडलाई दीपावली पनि भन्ने गरिन्छ । झिलिमीली पार्न विद्युतीय वत्ति , मैन वत्ति , दियोमा वत्ति तथा पाला र केराका सुत्लामा तेलमा भिजाएको कपासको प्रयोग गरिन्छ ।
गाँउघरमा अहिले पनि आँगन, पिँढीमा गाईको गोबर र रातो माटोले लिपेर सफा बनाउने गरिन्छ । घरका झ्याल ढोका साथै पानी सार्न प्रयोग गर्ने गाग्री लोटामा फूलका माला लगाएर सिगार्ने गरिन्छ ।

दीपावलीपछि घरको पूजा कोठामा आफूसँग भएका सुन चाँदीका गरगहना, नगद रोटी र फलफूल राखेर फूलमाला चढाई लक्ष्मीको मूति वा तस्वीरमा पुजा गरिने परम्परा छ ।

लक्ष्मी पूजाका दिन घरमा लक्ष्मीको बास भए वर्षभरि आथिर्क संकट नपर्ने जनविश्वास छ । लक्ष्मीपुजाका दिन विहानै पुजा कोठा, पसल, उद्योगलगायतमा सरसफाई गरी फुलको माला लगाइदिने चलन छ । लक्ष्मि पुजाको रातलाई सुखरात्री पनि भन्ने गरिन्छ ।

प्रतिकृया दिनुहोस