हतियार सहित एकजना घोराहीबाट पक्राउ

हतियार सहित एक जना मानिस घोराही उप-महानगरपालिका वडा नं. १३ लापेबाट पक्राउ परेका छ्न । सोही ठाउँ बस्ने गंगाराम नेपालीको घरमा बस्दै आएका २६ वर्षको साजन नेपालीले  भरूवा वन्दुक र कटुवा पेस्टोल लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय घोराही दाङबाट प्रहरी टोलि खटी गई लुकाई छिपाई राखेको  भरुवा बन्दुक थान-१, कटुवा पेस्तोल थान-१ र भरूवा बन्दुकमा प्रयोग हुने फलामको छर्रा थान-२१० (दुईसय दश)  सहित बरामद गरेको छ ।  पक्राउ परेका नेपालीलाई मुलुकी अपराध संहिता २०७४ को भाग २ परिच्छेद ६ दफा १३२ ( ईजाजत विना हातहतियार राख्न वा लिएर हिड्न नहुने) कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिकृया दिनुहोस