दाङका दुई उपमहानगरको आर्थिक बर्षका लागि बजेट : तुलसीपुरमा २ अर्ब बढी र घोराहीमा १ अर्ब ८५ करोड

तुलसीपुर उपमहानगरपालिकाले आथिक बर्ष २०७७/७८ का २ अर्ब बढी बजेट प्रस्तुत गरेको छ । ‘खुसी जनताः समृद्ध तुलसीपुर, हाम्रो तुलसीपुरः राम्रो तुलसीपुर’ बनाउन स्वास्थ्य र कृषिलाई जोड दिएको छ ।  आर्थिक बर्ष २०७७/ ०७८ का लागि उपप्रमुख माया आचार्यले नगर सभामा प्रस्तुत गरेको २ अर्ब ३४ करोड ३७ लाख ६४ हजार बराबरको बजेटमा स्वास्थ्य र कृषिलाई प्रथामिकता दिइएको हो ।
यो बजेट चालु आर्थिक बर्षको भन्दा १ अरब २७ करोड १८ लाख ७८ हजार बढी हो ।

चालु आर्थिक बर्षमा १ अरब ७१ करोड, ८८ लाख ६ हजार बजेट विनियोजन गरिएको थियो । बजेटमा सर्ने र नसर्ने रोगसम्वन्धि कार्यक्रम सञ्चालन, स्मार्ट ल्याब सञ्चालन लगायत एकमुष्ट २ करोड, अश्वारामा रहेको भिमसेन नगर शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई २५ वेडको तुलसीपुर मेट्रो अस्पतालको रुपमा विकास गर्न र विशेषज्ञ सहितको सेवाको सुरुवात गर्नका लागि १ करोड,आमा तथा नवजात शिशुको सुरक्षाका लागि प्रदान गरिदै आएको मातृशिशु सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरी पोषण प्रोत्साहनलाई निरन्तरता दिँदै ४० लाख, उज्यालो तुलसीपुर अन्र्तगत २ वर्ष भित्र मोतिविन्दुमुक्त तुलसीपुर घोषणा गर्न १० लाख विनियोजन गरिएको छ । तुलसीपुरलाई योग, ध्यान र प्राकृतिक चिकित्साको केन्द्रका रुपमा विकास गर्न २५ लाख ,  तुलसीपुर सामुदायिक योग भवनका लागि संघीय सरकारको विशेष अनुदानमा रु ३० लाख, टोलाई धुम्रपान तथा मध्यपानमुक्त टोल घोषणा कार्यक्रम सञ्चालनका लागि रु ३ लाख विनियोजन गरिएको छ ।  घोराहीमा १ अर्ब ८५ करोड घोराही उपमहानगरपालिकाले आगामी आर्थिक बर्ष २०७७/७८ का लागि अनुमानीत आय व्यय प्रस्तुत गरेको छ ।

सातौँ नगरसभामा उपप्रमुख सीता सिग्देल न्यौपानेले आगागी आर्थिक बर्षका लागि एक अर्ब ८५ करोड २२ लाख ९३ हजार रुपैयाँको आयव्यय प्रस्तुत गर्नुभएको हो ।कुल बजेट मध्य चालु तर्फ १ अर्ब ८ करोड ५७ लाख २२ हजार रुपैयाँ र पूँजीगत तर्फ ७६ करोड ६५ लाख ७१ हजार रुपैयाँ विनियोजन गरिएको उपप्रमुख न्यौपानले जानकारी दिनुभयो ।खर्च व्यहोर्ने स्रोत मध्य आन्तरीक आय २५ करोडको अनुमान गरिएको छ । त्यसैगरी, संघिय वित्तिय समानीकरण अनुदानबाट ३२ करोड ७२ लाख, संघिय राजस्व बाँडफाँडबाट २१ करोड १२ लाख १० हजार ६ सय, संघिय सशर्त अनुदानबाट ६४ करोड ७ लाख र संघिय समपुरक अनुदानबाट ७२ लाख रुपैयाँ आउने भएको छ ।त्यसैगरी, प्रदेश समानीकरण अनुदानबाट ७९ लाख ७३ हजार, प्रदेश राजस्व बाँडफाँडबाट २ करोड ७१ लाख १९ हजार, प्रदेश सशर्त अनुदानबाट ७ करोड ६८ लाख ५० हजार र प्रदेश समपुरक अनुदानबाट ३ करोड रुपैयाँ व्यहोरीने भएको छ ।साथै उक्त बजेटबाट अपुग रकम २७ करोड ४० लाख ४० हजार ४ सय रुपैयाँ बैंक मौज्दातबाट व्यहोरीने समेत उपप्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

उपमहानगरले कोरोना महामारी लगाएत संक्रामक अन्य रोगको नियन्त्रण र स्वास्थ्यको समग्र विकासका लागि ११ करोड ३६ लाख, कृषि क्षेत्रको प्रबद्र्धन र विकासमा २ करोड ३९ लाख ३० हजार रुपैयाँ विनियोजन गरेको छ ।त्यसैगरी उपमहानगरले पशुपंक्षि व्यवसायको प्रर्बद्धनका लागि एक करोड १२ लाख ८० हजार, शैक्षिक विकासको क्षेत्रमा ५३ करोड ५६ लाख, चालु आर्थिक बर्षको दायित्व सरि जाने क्रमागत योजनाको भुक्तानीमा ५४ करोड ६ लाख १८ हजार, र पर्यटन तथा संस्कृती प्रर्बद्धनका लागि १ करोड ५४ लाख विनियोजन गरेको छ ।यसैगरी, विपत व्यवस्थापनका लागि ३ करोड ११ लाख ५० हजार, वाताबरण र सरसफाई तर्फ ५९ लाख ५० हजार, विपन्न, लोपउन्मुख बर्गहरुको सशक्तिकरणका लागि ७८ लाख रुपैयाँ विनियोजन गरेको छ ।मेलमिलाप र कानुनी साहेताका लागि ११ लाख ३० हजार, सहकारी प्रबद्र्धनका लागि १ करोड ६२ लाख, उपभोक्ता हित संरक्षणका लागि ११ लाख ५० हजार र सुचना प्रविधी विकासका लागि एक करोड ७३ लाख ८५ हजार रुपैयाँ विनियोजन गरेको उपप्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस