समाचार

    न्यायीक समितिले काम पाउदै

    दाङ,९ चैत
     
    घोराही उपमहानगरपालिका नगर कार्यपालिका कार्यालयको न्यायिक समितिमा एक सय बढी निबेदन दर्ता भएका छन् । घोराही उपमहानगरका विभिन्न क्षेत्रबाट न्यायिक समितिमा एक सय १४ वटा निबेदन दर्ता भएका हुन् । न्यायिक समितिका अनुसार २४ वटा निबेदन लेनदेन, जग्गा विवादका ४२, घरेलु हिंसाका २०, सम्बन्ध विच्छेद ७, कुलो नालापानीका ४, घरभाडाका ५, बाताबरण सम्बन्धी २, गालीबेइजती, लिखत बदर र कुटपीट सम्बन्धी १÷१ वटा गरी एक सय १४ वटा निबेदन दर्ता भएका हुन् । प्राप्त निबेदनमध्ये हालसम्म न्यायिक समितिले ४७ को छानबीन गरी निर्णय दिएको छ । यस्तै ६७ वटा निबेदनमाथि प्रक्रियामा जारी रहेको उपमहानगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक सिता न्यौपानेले जानकारी दिनुभएको छ । 
     
     
     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal