१२ बजेपछि तुलसीपुरमा लकडाउनमा कडाई

मध्यान्ह् १२ बजे पछि तुलसीपुर बजारमा लकडाउनलाई कडाई गरीएको छ । बिहान १२ बजेसम्म सम्पूर्ण ब्यापार ब्यबसाय खुल्ला गरिएको भएपनि त्यसपछि भने सुरक्षाकर्मीको टोलीले बजार बन्द गर्न आग्रह गर्देै हिड्ेको थियो ।
चैत ११ गतेदेखि शुरु भएको लकडाउन शुरुमा कडा गराएको थियो भने चरण बद्ध रुपमा केहीले आबश्यकता अनुशार कडाई र कहिले हल्का बनाएपनि दाङमा करिव ३ नजिक कोरोना संक्रमितको संख्या पुग्नै लाग्दा भने लकडाउनलाई कडाउ बनाउनको बिकल्प नभएको स्थानीय प्रशासनले जनाएको छ । बिपत ब्यबस्थापन समिति दाङले ५ बजेसम्म खोल्ने निर्णय गरेको भोलीपल्ट तुलसीपुर उपमहागनरपालिकामा बसेको सर्वदलिय सर्वपक्षिय बैठकले यसक्षेत्रमा  १२ बजे सम्म बजार खोल्ने निर्णय गरेको थियो । तर संक्रमणको संख्या बढदै जादा बजार बन्दलाई थप कडाई गरिने निर्णय पछिल्लो पटक भएको छ ।
सो निर्णयलाई कार्यान्वयन गराउने सन्र्दभमा तुलसीपुर क्षेत्रमा १२ बजेपछि खुलेका पसललाई लकडाउन उलंघनको मुद्दा लगाएर कारबाही प्रकृया अघि बढाईने ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता चक्र डम्बरपालले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस