सामुदायिक बिधालयको भर्ना र पुस्तक बितरण पार्टी कार्यालयबाट

नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले सरकारी विद्यालयको गतिविधि राजनीतिक दलको पार्टी कार्यालयबाट सञ्चालन भएको भन्दै कडा शब्दमा आपत्ति जनाएको छ । 

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको माध्यमिक विद्यालय सेन्टर तुलसीपुरले विद्यार्थी भर्ना र पाठ्यपुस्तक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी कार्यालयबाट गरिरहेको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

शैक्षिक गतिविधि पार्टी कार्यालयबाट नभएर शैक्षिक थलोबाट गर्न कांग्रेसले सरोकारवाला निकायलाई आग्रह गरेको छ । कांग्रेसले शैक्षिक गतिविधिहरू नेकपाको पार्टी कार्यालयबाट नभइ अन्य स्थानबाट गर्नुपर्ने माग गरेको छ ।

कांग्रेसका क्षेत्रीय सभापति जगतबहादुर खडका, निर्वाचन क्षेत्र ‘क’का सभापति घनश्याम ढकाल, ‘ख’का सभापति खिमबहादुर वलीले संयुक्त विज्ञप्ति जारी गरेर नेकपाको पार्टी कार्यालयबाट शैक्षिक गतिविधिहरू नगर्न चेतावनी दिएको हो ।

प्रतिकृया दिनुहोस