घोराही -२ का जनप्रतिनिधि समेत १३ जनामा कोरोना पुष्टि

दाङमा थप एक जना जनप्रतिनिधिसहित १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा घोराही उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्षमा कोरोना संक्रमण देखिएको हो ।

उनको जेठ २४ गते स्वाव संकलन गरिएको थियो । त्यसैगरी वडा नं. २ का १७,२२ र ३८ बर्षीष पुरुषमा कोरोना संक्रमण देखिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कायम मुकाय रजिष्ट्रार कैलाशप्रसाद देवले जानकारी दिनुभयो  । घोराही उपमहानगपालिकाका नगरप्रमुख नरुलालचौधरीका अनुुुसार कोरोना पोजेटिभ पुुुष्टिभएका नगर सभामा समेत सहभागी भएका थिए । सोमबार घोराही– ३ का २३ र ३० बर्ष, घोराही–५ का ३१ बर्ष र घोराही–६ का १६, २३, २३, २५, ३२ र ३७ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । घोराही–६ मा १९ बर्षीय एक जना महिलामा समेत कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ । योसँगै दाङमा कोरोना संक्रमितको संख्या २ सय ८५ जना पुगेको छ ।

प्रतिकृया दिनुहोस