दाङमा १७ महिने वालिका सहित ५ जनाले कोरोना जिते

बितेको २४ घण्टामा दाङबाट, एक १७ महिने वालिका सहित ५ जनाले कोरोना जितेका छन् ।  मन्त्रालयको अध्यावधिक विवरणअनुसार आइसोलेशन सेन्टर जानकी बाँकेबाट ४१ जनाले कोरोना जितेको छन् । यसैगरी सुशील कोइराला  क्यान्सर प्रखर अस्पताल बाँकेबाट १३ जना, नेपालगन्ज मेडिकल कलेजबाट १ जनाले कोरोना जितेका छन् । उनीहरुलाई आज डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ । देशभर आज १७६ जना संक्रमितले कोरोनाभाइरस जितेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 
मन्त्रालयका अनुसार योसहित नेपाल कोरोनाभाइरस संक्रमण जित्नेको कूल संख्या १ हजार ५ सय ७८ जना रहेको छ ।  आज डिस्चार्ज हुनेमा १७ महिला, एक वालिका र १५८ जना पुरुष रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । आज कोरोना जितेकी १७ महिने ती वालिका घोराही उपमहानगरपालिका वडा नं १ निवासी रहेको र ती बालिकालाई डिस्चार्ज गरिएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिए । यस्तै घोराही उपमहानगरपालिका–४ र बबई गाउँपालिकाका एक–एक जनाले कोरोना जितेका छन्। घोराही–२ का १९, २६ र ३० वर्षीय तथा बबईका १९ बर्षीय पुरुषले कोरोना जितेर घर फर्केका छन् । योसँगै बेलझुण्डी अस्पतालबाट हालसम्म ६३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। अहिले बेलझुण्डीमा ४८ संक्रमितको उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस