दाङमा गएरातीदेखि निरन्तर वर्षा,नदि तटिए क्षेत्रमा डुवानको खतरा

रातभरको वर्षाले दाङ जिल्लाका कतिपय स्थानमा ढुवानको खतरा रहेको मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ  । गत २४ घण्टामा दांगमा ४८ मिलिमिटर पानी परको छ । जसले राप्ती जलाधार क्षेत्र तथा ववइ नदि तथा ससाना खोलाहरुमा पानीको वहाव बढ्दै गइरहेको छ । राप्ती जाधार षेत्रमा पानीको वहाव २.४ मिलिमिटर रहेको र त्यो वढ्दो क्रममा रहेकाले नदि तटिए क्षेत्रका वासिन्दालाई सतर्क रहन जिल्ला दैवी उद्धार समितीले आह्वान गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज दांग लगाएत देशैभर मौसम बदली रहने अनुमान गरेको छ। विभागका अनुसार हाल भारतको पूर्वी-उत्तर प्रदेशमा वायुको न्यून चापीय प्रणाली सक्रिय छ, जसले नेपालमा वर्षा गराइरहेको छ। ‘हाल देशका अधिकांश भूभागमा सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको देखिन्छ।  प्रदेश ५ सहित गण्डकी प्रदेश र कर्णाली प्रदेशका केहि स्थानमा भारी वर्षासमेत भएको छ,’ विभागले आज बिहान जारी विज्ञप्तिमा उल्लेख छ। आज दिउँसो  प्रदेश ५ का धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्‍चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश, प्रदेश ५ र वागमतीका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।आज देशैभर हल्का, मध्यम र भारी वर्षाको सम्भावना रहेकाले कौशी वा छतमा कपडा सुकाउँदा अलि विचार गर्नुहोला। कौशी र छतमा कपडा सुकाउनुपर्ने हो भने आज कपडा नधोएकै राम्रो। प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ, जसका कारण ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना  रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,’ विभागले भनेको छ। 

विभागले नदीमा पानीको बहाव समेत बढ्ने अनुमान गरेको हुँदा यस्तो बेला भारी वर्षा हुने स्थानमा रहेका खोला तथा नदीमा पौडी नखेलेकै राम्रो। एक्कासी आउने बाढी र भेलले ज्यानलाई जोखिममा पार्न सक्छ।  भोलि पनि प्रदेश ५ का धेरै स्थानमा साथै कर्णाली र सुदूरपश्‍चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, वागमती, गण्डकी र प्रदेश ५ का एक  वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ। सोमबार दिउँसो सुदूरपश्‍चिम, कर्णाली र प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशमा पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, वागमती, गण्डकी प्रदेशका केही स्थानमा साथै प्रदेश ५, कर्णाली र सुदूरपश्‍चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, वागमती र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  मौसम विज्ञान कार्यालय फिल्ड कार्यालय दाङका मौसम प्रमूख यपी चौरासियाले तीन दिन सम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहनुपर्ने वताउनुभयो । 

प्रतिकृया दिनुहोस