गढ्वाको कोठरीमा डुवान

देशका अधिकांश क्षेत्रमा मनसुनको प्रभावले मौसम बदली तथा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।    दाङ्को कालाकाटे सिक्टा सडक खण्ड निर्माणको क्रममा नाली पुरिएपछी गढवा गाउँपालिका वडा नं. २ कोठरी गाउँ डुवानमा परेको छ । सडक निर्माणको क्रममा यस अघी बनाइएको पानी निकास पुरिएपछी कोठरी गाउँ डुवानमा परेको स्थानीय घनश्याम चौधरीले जानकारी दिनुभएको छ । झण्डै ५० घरमा पानी पसेको छ । गाउँलेहरुले निर्माणाधिन सडक खनेर पानी निकास खोलेका छन् । सुदूरपश्चिम बाहेकका क्षेत्रमा मनसुन पुगेको र मनसुनी गतिविधि सक्रिय हुँदै गएको मौसमविदले मञ्जु बासीले बताएकी छन् । हाल देशभर सामान्यतया बदलीको अवस्था रहेको छ । देशका धेरै स्थानमा पानी परेको छ। विशेष गरी गण्डकी प्रदेश, प्रदेश नम्बर ५ र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको मौसमविदल बासीले बताएकी छन् ।

प्रतिकृया दिनुहोस