दाङमा कोरोनाको कहर बढ्दो, नागरिक सजगतामा भने वेवास्ता

कोरोनाको  इपिसेन्टर बनेका प्रदेशमा ५ का चार जिल्ला मध्ये एउटा जिल्ला हो, दाङ । जहाँ संक्रमितको संख्या २ सयभन्दा माथि पुगेको छ । २ सय भन्दा बढि कोरोना संक्रमित भएका जिल्लालाई सरकारले रेड जोनका रुपमा व्याख्या गरेको छ । कपिलवस्तु र बाँके पछि बढि संक्रमित हुने जिल्लामा दाङ छ । दाङ पछि अर्को चौथो जिल्ला हो, रूपन्देही । जहाँको संक्रमित संख्या पनि २ सयभन्दा माथि छ । प्रदेश नं. ५ मा १ सयभन्दा बढी संक्रमित रहेको जिल्लाको संख्या ७ पुगेको छ । प्रदेश ५ मा संक्रमतिको संख्या दुई हजार माथि छ । कपिलवस्तुमा ६७४, बाँकेमा ३२७, दाङमा २५६ र रूपन्देहीमा २४० छन् । सरकारले २ सयभन्दा बढी कोरोना संक्रमित भेटिएको जिल्लामा फेरि लकडाउन लम्ब्याउन सकिने गरी नयाँ मापदण्ड बनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको नयाँ मापदण्डमा तीन प्रकारको व्यवस्था गरिएको छ ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विहिवार सम्मको तथ्यांक अनुसार प्रदेश ५ मा संक्रमितको संख्या २ हजार १ सय १८ छ । प्रदेश ५ का १२ वटै जिल्लामा संक्रमण फैलिएको छ । दाङमा संक्रमण बढ्दै जादा समेत स्थानीय प्रसासन भने अन्यौलमा रहेजस्तो गरिहेछ । वुधवार जिल्ला प्रसासन कार्यालयमा बसेको वैठकले जिल्लामा वेलुका ५ वजेदेखि भोलिपल्ट विहान ५ वजे सम्म वजारहरु पूर्णरुपमा वन्द गर्ने निर्णय गर्यो । त्यसको भोलिपल्टै तुलसीपुर उपमहानगरको वैठकले वजार क्षेत्रमा हरेक दिन मध्यान्ह १२ वजेपछि सवै बन्द गर्ने निर्णय गर्यो । उसोत जिल्लाभर जोर विजोर प्रणाली लागु गर्ने निर्णय पनि गरियो तर यसको पूर्ण कार्यान्वयन भने भएको देखिएन । कतिपय पसलहरु वेलुका सम्मनै खुल्ला रहने गरेको र जोर विजोरको पनि लागु नहुदा कोरोनाको जोखिम वढ्दो रहेको कतिपयको आकलन छ । सामाजिक दुरीलाई वेवास्ता गर्दै सरकारी कार्यालयमा भिडभाड लगाएतले तुलसीपुरवासिको सम्वेदनसिलता प्रति यहाँका वुद्धिजीवीहरु चिन्तित छन् ।
प्रदेशमा २१ हजार ७ सय ६० जनाको जाँच पीसीआर जाँच गरिएको छ । अझै ८ हजार ५६२ जनाको स्वाबको रिपोर्ट आउन बाँकी छ । प्रदेश ५ सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा। उमाशंकरप्रसाद चौधरीले जाँच बढाउन प्रदेश ५ मा तीनवटा नयाँ पीसीआर मेसिन जडान थालिएको बताए । अहिले प्रदेशका तीन ठाउँबाट कोरोना जाँच भइरहेको छ । प्रदेश ५ मा पहिलो संक्रमण वैशाख १९ गते रूपन्देही र बाँकेमा एकसाथ २ जना संक्रमित भेटिएका थिए ।  प्रदेश ५ मा ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । प्रदेशमा संक्रमण तीव्र रूपमा फैलिँदो छ । संक्रमितमध्ये ९५ प्रतिशत भारतबाट आएर क्वारेन्टीनमा बसेकाहरू हुन् । प्रदेश २ पछि बढी संक्रमित प्रदेश ५ मा छन् । प्रदेश ५ मा अझै २४ हजार ५ सय २३ जना क्वारेन्टीनमा रहेका छन् । प्रदेश ५ मा ७६८ जना आइसोलेसनबाट डिस्चार्ज भएका छन् । भारतमा आउनेको संख्या पछिल्लो समय क्रमशः घट्दै गएको छ ।

प्रतिकृया दिनुहोस