क्वारेन्टिनमा रहेकाको स्वावलाई तत्काल परीक्षण गरौं : स्वास्थ्यकर्मीहरु

दाङका स्वास्थ्यकर्मीहरुले संकलन गरिएको स्वावको परिक्षणको यहि गतीमा भए समूदायमा कोरोना भाईरसको उच्च जोखिम हुने आकलन गरेका छन् । संबाद समूह सचिबालय तुलसीपुरले शुक्रबार गरेको स्वास्थ्यकर्मी,प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य कार्यालय दाङ सँगको भीडियो कन्फ्रेरेन्समा तत्काल परिक्षणको दायरा फराकिलो बनाउनुपर्छ,होईन भने बिकराल स्थीति आउन सक्छ, पालिका स्तरीय स्वास्थ्य शाखा संयोजकहरुको चेतावनी छ ।  राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा जम्मा गर्ने काम मात्र भएको छ,कहिले नतिजा आउने हो,अन्यौलता छ, शान्तिनगर गाँउपालिकाका स्वास्थ्य शाखाका प्रमुख हरि पुनले बताउनुभयो । स्थानीयमा खटिएका स्वास्थ्यकर्मीहरु निराश छन् । कयौ कुटिएका छन् । तर केन्द्र सरकारले बजेट भाषणमा ठुलो खर्च भएको बिबरण सुनाउँछ,तर स्थानीय तहका स्वास्थ्यकर्मीहरुको अबस्था एक जना किसानको झै भएको छ । त्यसकारण ती स्वास्थ्यकर्मीहरुको अबस्था के छ भनि अनुगमन समेत कहि कतैबाट भएको छैन,पुनले बताउनुभयो ।
दाङका १० वटा पालिका मध्ये कुन पालिकाको पालो कहिले हो भन्ने बारेमा जानकारी प्रतिष्ठानले दिनुपर्ने घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद घर्तीले बताउनुभयो ।  स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षालाई द्धृष्टिगत गर्दै एक क्वारेन्टाईन एक स्वास्थ्यकर्मीलाई खटाउनुपर्ने घर्तीले बताउनुभयो । कोरोना संक्रमणलाई नियन्त्रण गर्न टोल बिकास समितिलाई सक्रिय रुपमा परिचालन गर्नुपर्ने घर्तीले सुझाब दिनुभयो । आईसोलेसन,क्वारेन्टाई या अन्य कतैबाट आएका ब्यक्तिलाई कम्ती दुई हप्ता होम क्वारेन्टाईनमा राख्न टोल बिकास समितिले लाग्नुपर्ने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक बिमल केसीले मानिसिक रोगीलाई समूदायले क्वारेन्टाईन राख्नुपर्ने माग गर्दा थप समस्या भएको बताउनुभयो ।  खोप लगायत अन्य सेवामा खटिने स्वास्थ्यकर्मीहरु भरपार्दो स्वास्थ्य सुरक्षा सामाग्री बिना खटिरहेको बताउनुभयो ।  स्वास्थ्य सुरक्षाको हिसावले डब्लु.एच. ओ.ले तोकेको पोर्टोकलमा हुनुपर्ने उहाको भनाई छ । 

लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लोकराज पौड्ेलले स्वास्थ्य सुरक्षा सामाग्रीको ब्यबस्थापन नै चुनौति रहेको बताउनुभयो । स्वास्थ्य सुरक्षा सामाग्री स्थानीय तहमा अभाव रहेको उहाले बताउनुभयो । आबश्यक मात्रमा उपलब्ध हुदैन तर खरिद गर्दा खरिद ऐनले केही जटिलता देखिएको बताउनुभयो । पटक पटक नभई एकैचोटी खरिद गर भन्ने खरिद ऐनमा छ,उहाले सुनाउनुभयो । क्वारेन्टाईनमा राखेका मानिसहरुको स्वाव परिक्षणमा ढिलाई नै अहिलेको अबस्थाको मूख्य चुनौति रहेको उहाँले पनि बताउनुभयो । राप्ती गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले दाङमा एक मात्र पीसीआर टेष्ट गर्ने स्थान राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट समयमै परिक्षण हुन नसक्दा क्वारेन्टाईनमा बसेका मानिसहरु आत्तिने गरेको बताउनुभयो ।  परिक्षणलाई तिब्रता दिन प्रदेश र संघीय सरकारले पनि सहयोग गर्नुपर्ने उहाले बताउनुभयो । 
क्वारेन्टाईनमा बसेकाहरुलाई धैर्यतापूर्बक बस्नका लागि प्रतिष्ठानले स्वाव परिक्षणको कार्यतालिका उपलब्ध गराउन सके धेरै सहयोग पुग्ने पालिकाका स्वास्थ्य शाखा प्रमुखहरुको भनाई छ । तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य  निरिक्षक बिमल केसी,घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायणप्रसाद घर्ती, लमही नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लोकराज पौड्ेल,राप्ती गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावत, गढवा गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरी, बंङगलाचुली गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख भक्तबहादुर जिसी लगायतले स्वास्थ्य कर्मीले फ्रन्टलाईनमा खटिदा समेत गुनासोहरु आउने गरेको भन्दै दुख ब्यक्त गर्नुभयो ।  

कार्यक्रममा दाङ प्रमुख जिल्ला अधिकारी गोन्दि प्रसाद रिजालले स्थानीय तहमा खटिएर स्वास्थ्य सेवामा गरिएको कामको प्रशंसा गर्नुभयो ।  यदी स्थानीय तहले यति महेनत नगरेको भए कोरोनालाई यो अबस्था सम्म नियन्त्रण राख्न समस्या हुने थियो,उहाँले भन्नुभयो । तर मेहनत गरीराखेका स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षाको अबस्थाका बारेमा गम्भीर रहेको बताउनुभयो । सोही अबसरमा स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले पालिका स्तरमा खटिनुभएका स्वास्थ्यकर्मी स्वास्थ्य सुरक्षा लगायतका अन्य सवालमा सम्बन्धि निकायमा पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमको सहजिकरण संबाद समूहका बरिष्ठ सहजकर्ता सुशील बस्नेतले सहजिकरण र धन्यबाद ज्ञापन सहजकर्ता सुष्मा गिरीले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस