स्वास्थ्य सुरक्षा सर्तकता प्रति मालपोत प्रमुख खड्काको चिन्ता

मालपोत कार्यालय तुलसीपुरका कार्यालय प्रमुख नरेश खड्काले सेवाग्राहीको भीड र असाबधानिका कारण कोरोना भाईरस संक्रमणको उच्च जोखिम हुने बताउनुभएको छ । सामाजिक सञ्चाल फेस बुकमा बिहीबार उहाँले लेख्नुभएको छ,सेवाग्राही बीचको सामाजिक दुरी यस्तो   छ । यो आज बिहीबारको भिड ४ वटा साबिक गा.बि. स. ( तुलसीपुर, मानपुर, डुरूवा र धनौरी )का सेवाग्राहीको हो । सेवा प्रवाह गर्ने सूचना अनुसार सेवालिन आएका सेवाग्राहीहरू जो आफ्नो ज्यानको सुरक्षा भन्दा कामको चिन्तामा हुनुहुन्छ । 
काम त आज सकियला तर सुरक्षा कसरी गर्न सकिन्छ । मन्त्रालयको निर्णय तथा बिभागिय परिपत्रमा स्वास्थ्य सुरक्षा सतर्कता सम्बन्धि मापदण्ड अपनाई पी.पी.ई.,थर्मलगण लगायतको स्वास्थ्य सुरक्षा सामाग्रीको व्यबस्था मिलाई सामाजिक दुरी कायम गरी कामकाज गर्नु भन्ने छ । तर सेनिटाईजर र मास्क सम्मको जेनतेन व्यवस्था गरि कार्यालय सञ्चालन गरिएको छ । उहाले भन्नुभएको छ,सेवाग्राहीलाई डर छैन जति भनेपनि लाग्दैन सायद एकदिन त हो भनेर होला । 
त्यसैमा वर्षातको समय छ, भाडाको घर छ, कर्मचारीको दरबन्दी नै कम छ, सेवाग्राही ओत लाग्ने ठाउँ समेत छैन । 
यस्तो अवस्थामा काम गर्नु हाम्रो बाध्यता छ । १ मात्र साबिक गा.बि.स. तोकेर काम गरौं तर त्यो पनि त्यति सहज छैन । किनकि ३ महिना देखि पेन्डिङमा रहेको काम छ । आलोपालो गरेर १÷१ साबिकका गा.बि.स. तोक्दा पनि १४ दिन पछि त्यस्को अर्काे पालो आउँछ । 
मालपोतबाट हुने सबै सेवा उसैदिन सम्पन्न हुने खालका हुँदैनन्,उहाले भन्नुभएको छ ।
आधा अधुरो काम छाडेर जान सेवाग्राहिलाई मर्का पर्ने देखिन्छ । कर्मचारीले बिदा माग गर्दा बिदा स्वीकृत गर्न सकिएको छैन डर सबैलाई उस्तै हो नआत्तिनुस सेवाग्राहीलाई डर छैन भने हामी पनि डराउनु भएन भनेर भन्नू बाहेक अर्काे उपाय छैन । तर साच्चै भन्ने हो भने १०(६ अफिस समयमा सबै कर्मचारीको मनस्थिति डर, त्रासले ससंकित भएको छ । यस्तै हो भने मालपोत अफिस नै भोलीको दिनमा कोभीडको केन्द्र नबन्ला भन्न सकिँदैन,उहाले सामाजिक सञ्चाल फेसबुकमा पोष्ट गर्नुभएको छ ।
 

प्रतिकृया दिनुहोस