ताजा खबर :

समाचार

    बम बिष्फोट गराई माछा मार्दा जनप्रतिनिधिले आफ्नै हात गुमाए

    दाङ,२१ फागुण
     
    नदिमा माछा मार्न वम तयार गर्दैगर्दा हातमै बिष्फोट भएपछि पश्चिम दाङको मलैखोलाका ३५ बर्षिय कमल घर्ती घाईते हुनुभएको छ । ३५ बर्षिय घर्तीको बबई नदिको भालुखोला भन्ने स्थानमा हातमै बम बिष्फोट हुदा दुवै हातका पञ्जा गुमेका छन । ईलाका प्रहरी कार्यालय हापुरेका प्रमुख प्रयाग नारायण चौधरीले बिष्फोटबाट घर्तीमा गम्भीर घाउ लागेको तथा उहाको दुवै हातका पञ्जा गुमाएको जानकारी दिनुभयो । बाँके राष्ट्रिय निकुञ्जको मध्यबत्ति क्षेत्रको भालुखोलामा दिउसो बम बिष्फोटबाट गम्भीर घाईते भएका घर्तीलाई बेलुकी उद्धार गरि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा ल्याएको हो । उहाको प्रारम्भीक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । उहा नेकपा एमालेबाट निर्वाचित वडा सदस्य हुुनुहुन्छ ।

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal