बाँकेमा कोरोना संक्रमणवाट थप एक जनाको मृत्यु

बाँकेमा थप एक जना कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ। उपचाररत एक महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । नेपालगञ्ज मेडिकल कलेजमा उपचारत ४६ वर्षीय महिलाको सोमवार मृत्यु भएको हो। आइसोलेसनमा उपचार गराइरहेकी बैजनाथ गाउँपालिका ६ की महिलामा मृत्युपछि कोरोना पोजेटिभ देखिएको हो। 'उहाँको हिजो साँझ ल्याबको रिपोर्ट आएको थियो। कोरोना पोजेटिभ देखियो,' जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले भने। 

निमोनियाले थलिएपछि जेठ ३० गते उनलाई अस्पताल भर्ना गरिएको थियो। भर्ना भएपछि स्वाब संकलन गरेर कोरोना परीक्षणको लागि पठाइएको थियो। तर, कोरोनाको रिपोर्ट आउनुभन्दा अगाडि नै महिलाको मृत्यु भयो। शवको अन्त्यष्टिको तयारी सेनाले गरिरहेको सिडिओ करुम्वाङले जानकारी दिए। यसअघि बाँकेको नरैनापुरमा नै एक युवकको कोरोनाका कारण मृत्यु भइसकेको छ। कोरोनाबाट यसअघि नै १९ जनाको मृत्यु भइसकेको छ। अधिकांशको मृत्युपछि कोरोना पुष्टि भएको हो।

प्रतिकृया दिनुहोस