दाङमा एकै दिन ५६ जना कोरोना संक्रमित, अब संक्रमितको संख्या पुग्यो २४२

दाङमा एकै दिन ५६ जना कोरोना संक्रमित थपिएका छन्। घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा दाङका ५६ जनामा कोरोना संक्रमित थपिएका हुन। संक्रमितमध्य ४५ जना पुरुष र १० जना महिलाहरु रहेका छन् । योसँगै दाङमा कोरोना संक्रमितको संख्या दुई सय ४२ जना पुगेका छन् । उनीहरुमध्य घोराही ४ मा ४८ जना रहेका छन्। ९ महिला र ३८ पुरुष रहेका छन्। यस्तै घोराही–१२ का ४ जना र घोराही–११ का ३ जना पुरुष रहेका छन्। केही दिन अघि भारतमा मृत्यु भइ नेपाल ल्याइएका ब्यक्तिमा कोरोना पुष्टि भएपछि शब ब्यबस्थापनका लागि खटिएका एक जना नेपाली सेनालाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ। त्यस्तै राजपुरका एक जना महिलामा पनि कोरोना संक्रमण पुष्टि हुदा सल्यानको कुमाख गाउँपालिकाका एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ।

प्रतिकृया दिनुहोस