दाङमा सोमबार ४३ जना थपिए पछि १८६ सक्रमित

दाङमा सोमबार थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार संक्रमितहरु सबै घोराही उपमहानगरपालिका हुन।
वडा नम्बर ३ का ३ जना, वडा नम्बर ४ का १० जना, वडा नम्बर ५ का ५ जना, वडा नम्बर १७ का १७ जना र वडा नम्बर १८ का ७ जनामा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीले जनाएको छ ।संक्रमित हुनेमा ७ जना महिला रहेका छन् । संक्रमित मध्य ४ जना स्वास्थ्यकर्मी रहेका छन् । घोराही १७ का संक्रमित १७ जना र वडा नम्बर १८ का २ जना भने रिपोर्ट आउन ढिला गरेपछि घर गएकाहरु हुन् ।उनिहरुलाई अहिले आइसोलेसनमा पु¥याईएको छ भने उनिहरुले भेटेका र घुलमिल गरेका व्यक्तिहरुको पहिचान गर्ने काम समेत सुरु भएको उपमहानगरले जनाएको छ ।यो सँगै घोराही उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या ७८ जना पुगेको छ । संक्रमित मध्य एक जनाको भारतमा मृत्युभई घोराहीमा स्वाब जाँच गर्दा र अर्का एक जना घोराहीका काठमाडौमा संक्रमित भएको पुष्टि भएको हो । साथै घोराही ८ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यसैविच बंगलाचुलीका एक जनामा कोरोना पुष्टि भएको छ । यो सँगै दाङमा संक्रमितको संख्या १ सय ८६ जना पुगेको छ ।

प्रतिकृया दिनुहोस