समाचार

    प्रदेश नम्वर पाँच अन्तरगत राष्ट्रियसभा निर्वाचन आज घोराहीमा हुदै

     
    तुलसीपुर, २४ दाङ 
    राष्ट्रियसभाको निर्वाचन अन्तरगत आज दांगमा हुने प्रदेश नंम्वर पाँचको निर्वाचनको सम्पुर्ण तैयारीकार्य पुरा भएको छ ।
    विहान १० वेजे वाट ३ वजे सम्म हुने मतदानमा आवश्यक सवै प्रवन्ध मिलाईएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनु भयो । 
    दलित कोटावाट एकजनाका लागि दुईजनाको अल्पसंख्यक तथा अपांगता भएका एकजनाको लागि दुईजना, तथा अन्य तीन जनाका लागि चारजनावीच प्रतिष्पर्धा भैरहेको छ । 
    आज हुने निर्वाचनमा दलित तर्फ नेपाली काँग्रेसका मेकुलाल वाल्मिकी तथा एमालेका रामलखन हरिजन वीच प्रतिष्पर्धा हुनेछ । यसैगरि अल्पसंख्यक तथा अपांग तर्फ काँग्रेसका लुटवहादुर खत्री र  माओवादी केन्द्रकाराजकुमार कवर वीच प्रतिष्पर्धा हुनेछ । 
    अन्य तीन सदस्यमा काँग्रेसका दुर्गाप्रसाद उपाध्याय, राष्ट्रिय जनमोर्चाका रश्मीराज नेपाली, एमालेका खिमलाल भट्टराई, माओवादीका चन्द्रवहादुर खड्का वीच प्रतिष्पर्धा हुने छ । प्रदेश नंम्वर पाँचवाट यस अघि क्रमशः काँग्रेसकि अनिता देवकोटा, एमालेकि कोमल ओली, मीना वुढा निर्विरोध भइसक्नुभएको छ ।
    आज सम्पन्न मतदानको नतिजा राती १० वजेनै सार्वजनिक गरिने तैयारी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal