दाङमा  गाईको मासु सहित ६ जना पक्राउ 


दाङ, २९ जेठ । दाङमा पाँच किलो गाईको मासुसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गाईको बाच्छीलाई काटेर बोरामा मासु बोकेर हिँडिरहेको समयमा घोराही ५, पिपलटाकुरा फूलबारी टोलबाट प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको डीएसपी सुमित खड्काले जानकारी दिए । उनीहरूलाई प्रहरीले सुराकीको आधारमा पक्राउ गरेको थियो । पक्राउ पर्ने ६ जनै पुरुष रहेको पनि डीएसपी खड्काले जानकारी दिए ।गाईको बाच्छीको मासु बोकेर हिँडिरहेको समयमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको र कानुन वमोजिम कारवाहि हुने डिएसपी खड्काले जानकारी दिए । छिमेकी देश भारतको उत्तर प्रदेशमा गौ बध गर्नेलाई कडा कानुन वनाइदै गरेको अवस्थामा उत्तर प्रदेशसित जोडिएको दाङमा वाच्छीको मासु सहित ६ जना पक्राउ परेसंगै यहाँका वासिन्दाले चासोका साथ हेरेका छन् । उत्तरप्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथको सरकारले त्यहाँ नयाँ कानुन ल्याउदै छ । जुन कानुनले गौ वध गर्नेहरुलाई सर्वस्वहरण सम्म हुन सक्ने प्रावधानवारे वहस भैरहेको छ । 

प्रतिकृया दिनुहोस