एकैदिन थपिए २७९ जना दाङमा निको भए ७ जना

कोरोना भाइरस (कोभिड १९) बाट थप २ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ३ सय ५० जना संक्रमित भएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । जसमध्ये २ सय ५७ पुरुष र महिला २२ जना छन् ।
प्रवक्ता गौतमका अनुसार गत २४ घन्टामा थपिएको संख्यासहित नेपालमा संक्रमितको संख्या ४३ सय ६५ पुगेको छ ।
संक्रमित हुनेमा मोरङका ८ जना, झापाका ५ जना, चितवनका २ जना, उदयपुरका १ जना, नवलपुरका १ जना, सर्लाहीका २ जना, नवलपरासी पश्चिमका ५ जना, पाल्पाका १२ जना, प्युठानका ६ जना, रुपन्देहीका ७ जना, बाँकेका ३ जना र बर्दियाका १ जना रहेका छन् ।
त्यसैगरी सप्तरीका ६ जना, दैलेखका २५ जना, जाजरकोटका ३ जना, सुर्खेतका ९ जना, दार्चुलाका १ जना, कैलालीका १२ जना, कञ्चनपुरका २ जना, डडेलधुराका १ जना, सर्लाहीका २५जना, कपिलवस्तुका ४८ जना, धादिङका १६ जना, धनुषाका ११ जना, गोरखाका ४ जना, नुवाकोटका १ जना, रौटहटका ५३ जना, सिन्धुपाल्चोकका २ जना, सिरहाका १ जना र उदयपुरका ३ जना रहेका छन् ।
                      दाङमा थप ७ जना कोरोना निको भए 
कोरोना भाईरस संक्रमण निको भएर दाङका थप ७ जना घर फर्किएका छन् । 
दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचार गराइ रहेका लमही नगरपालिका र घोराही उप–महानगरपालिकाका ७ जना कोरोना संक्रमित निको भएका हुन् । निको हुनेमा ६ जना पुरुष र एकजना महिला रहेका छन् ।
जेठ १४ गते संक्रमण पुष्टि भएका उनिहरु मंगलवार डिस्चार्ज भएका हुन् । अस्पतालमा १४ दिन बसेका उनिहरुको रिर्पोट नेगेटीभ आएपछि डिस्चार्ज गरिएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक हेस्थ असिस्टेण्ट दोर्णबहादुर वलीले जानकारी दिनुभयो ।
यस्तै कोरोना जितेर घर फर्किनेहरुमा लमही नगरपालिका वडा नम्बर १ र ४ का २६ वर्षका दुई पुरुष, वडा नम्बर ५ का २२ वर्षिय महिला र वडा नम्बर ६ का १८ वर्षिय पुरुष र घोराही उपमहानगरपालिका वडा नम्बर १८ का २४ र २५ वर्षका दुई पुरुष, वडा नम्बर १० का ४० वर्षिय एक पुरुष रहेका छन् । यससंगै कोरोना विशेष अस्पताल बेझुण्डीमा उपचारत ३२ जना डिस्र्चाज भएका छन् भने अस्पतालमा अहिले ३७ जनाको उपचार भइरहेको छ ।
 

प्रतिकृया दिनुहोस