थप ६ जना पुष्टि हुदा दाङमा संक्रमितको संख्या ८६ जना
दाङमा मंगलबार थय ६ जना ब्यक्तिमा कोरोना भाईरस संक्रमणको पुष्टि भएको छ ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा घोराही उपमहानगरपालिका वडा नम्वर ४ सवारीकोटका २१,२३,२६,३२,३६ र ३७ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । भारको गोरखपुर,दिल्ली र मुम्वैबाट आएका उनीहरुलाई आधारभूत बिद्यालय सवारीकोट र सवारीकोट खानेपानी भवनको क्वारेन्टाईनमा राखिएको छ । अव दाङमा कोरोना संक्रमितको संख्या ८६ जना पुगेको छ ।
उता,बाँकेका थप २९ जना कोरोनामुक्त भएर घर फर्किएका छन् । सबैभन्दा बढी प्रभावित नरैनापुरका २२ र राप्ती सोनारीका सात जनालाई मङ्गलबार डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मुक्त भएर घर फर्किनेको सङ्ख्या ९७ पुगेको छ ।
उनीहरु सबै भारतबाट आएपछि परीक्षण गर्दा कोरोना सङ्क्रमण पाइएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले बताउनुभयो ।
बाँकेमा अहिलेसम्म २ सय ७९ जनामा कोरोना सङ्क्रमित भेटिएका छन् । एक जना सङ्क्रमितको क्वरेण्टीनमा नै ज्यान गएको छ ।
प्रतिकृया दिनुहोस