ताजा खबर :

समाचार

    राष्ट्रिय सदस्यमा ३ महिला प्रदेश नम्वर ५ मा निर्बिरोध निर्वाचीत

    दाङ,१० माघ
     
    प्रदेश नम्वर ५ वाट राष्ट्रिय सभा सदस्यमा कङग्रेसको तर्फवाट अनिता देवकोटा र नेकपा एमालेवाट मिना वुढा र कोमल वली निर्विरोध निर्वाचित हुनुभएको छ । राष्ट्रिय सभा सदस्यमा ३ जना महिलाको मात्र उमेद्धवारी परेकाले निर्विरोध हुनुभएको हो । माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बुधबार मनोनयन दर्ता भएको हो । पाँच नम्बर प्रदेशका लागि दाङको घोराही स्थित दाङ देउखुरी जिल्ला अदालतमा रहेको मुख्य निर्वाचन कार्यालयमा उम्मेदवारहरुले आफ्नो मनोनयन दर्ता गराएका छन । नेकपा एमालेका चार, नेपाली काँग्रेसका चार, नेकपा माओबादीको तर्फबाट २ र राष्ट्रिय जनमोर्चाबाट एक जनाले मनोनयन दर्ता गराएका छन । नेकपा एमालेको तर्फबाट पश्चिम नवलपरासीका रामलखन चमार दलित कोटाबाट, रुपन्देहीका खिमलाल भट्टराई खुल्लाबाट, रोल्पाकी मिना बुढा महिला कोटाबाट र दाङकी कोमल ओली महिला कोटाबाट उम्मेदवारी दर्ता गराउनु भएको छ । यस्तै नेपाली काँग्रेसबाट रुपन्देहीका दुर्गाप्रसाद उपाध्याय खुलाबाट, दाङकी अनिता देबकोटा महिला कोटाबाट, बाँकेका मैकुलाल बाल्मिकी दलित कोटाबाट र पुर्वि रुकुमका लुटबहादुर खत्री, अपांग कोटाबाट उम्मेदवारी दर्ता गर्नुभएको छ । नेकपा माओबादी केन्द्रको तर्फबाट रोल्पाका राजकुमार कुँवर अपांग कोटाबाट र अर्घाखाँचीका चन्द्रबहादुर खड्का खुलाबाट उम्मेदवारी दर्ता गराउनु भएको हो । यस्तै राष्ट्रिय जनमोर्चाको तर्फबाट दाङका रश्मीराज नेपालीले खुलाबाट उम्मेदवारी दर्ता गराउनु भएको छ । उम्मेदवारी दर्ता आज बुधबार बिहान १० बजेदेखि ४ बजे  सम्म मूख्य निर्वाचन अधिकृतको कार्यालय घोराहीमा दर्ता गरिएको हो । दाङ, बाँके,बर्दिया,पूर्बी रुकुम, रोल्पा, प्युठान, अर्घाखाँची, कपिलबस्तु, पाल्पा, रुपन्देही, गुल्मी,परासी जिल्ला गरि १२ जिल्लाबाट घोराहीमा उम्मेदवारी दर्ता गराएका हुन । ३ खूल्ला,३ महिला,१ दलीत र १ अल्प संख्य,अपाङ गरि ८ जना निर्वाचीत हुने संबैधानीक ब्यबस्था छ । ८ जना उम्मेदवारका लागि प्रदेश नम्वर ५ का ८७ जना प्रदेश सभा सदस्य,स्थानीय तह अन्तर्गत १२ जिल्ला समन्वय समितिका संयोजक तथा सह संयोजक,मेयर उपमेयर,गाउपालीका अध्यक्ष र उपाध्यक्ष समेत २१८ गरि ३०५ जना मतादाता रहेका मूख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो । प्रदेश नम्वर ५ को अस्थायी मुकाम रुपन्देही माघ ३ गते तोके पनि सरकारले प्रदेशको अस्थायी केन्द्र नतोक्दै आयोगले उच्च अदालत रहेका स्थानमा निर्वाचन अधिकृतको कार्यालय खोलेको थियो । 
     

Comment

© २०१६ रेडियो तुलसीपुर द्वारा प्रकाशित/सर्वाधिकार सुरक्षित Powered By: i-Tech Nepal