घट्यो आन्तरिक हवाई भाडादर

निजी हवाई सेवा प्रदायकहरुको छाता संघ निजी वायुवान सञ्चालक संघले हवाई भाडा समायोजन गरेको छ । सरकारले पूर्वाधार करमा लगाउँदै आएको कर हवाई इन्धनमा आर्थिक वर्ष २०७७(०७८ को बजेटमार्फत हटाएपछि नेपाल आयाल निगमले इन्धनको मूल्यमा कर र मूल्य समायोज गरेपछि संघले भाडा समायोजन गरेको हो ।  संघले कममा काठमाडौं–सिमरामा २ सय २५ रुपैयाँ र बढिमा काठमाडौं–धनगढीको उडानमा १ हजार १ सय ५ रुपैयाँ भाडादर समायोजन गरेको छ ।

सरकारले पूर्वाधारमा कर अन्तरगत लगाउँदै आएको बूढीगण्डकी आयोजनको लागि ५ रुपैयाँ र विकास खर्च शिर्षकमा प्रतिलिटर कर लिँदै आएको थियो । अन्तर्राष्ट्रिय बजारमा घटेको बजार मूल्य अनुसार १५ रुपैयाँ समायोजन गरेर निगमले २५ रुपैयाँ हवाई इन्धनमा मूल्य समायोजन गरेको हो । यो सँगै संघले हवाई भाडा घटाएको छ ।

प्रतिकृया दिनुहोस