राप्तिको बगरमा पार्किङ् गरिएका चार ओटा स्काभेटरमा आगजनी 

दाङ,२६ जेठ ।  दाङको देउखुरीस्थित राप्ति  नदीको बगरमा पार्किङ् गरेर राखिएका चार ओटा स्काभेटरमा गएराती आगजनी भएको छ । हुलाकी मार्गअन्तर्गत कालाकाटे–गढवा सडकखण्ड निर्माणमा प्रयोग भएका बज्रगुरु कन्ट्रक्सन प्रालिका चार ओटा स्काभेटरमा आइतवार राति आगजनी भएको हो । गढवा गाउँपालिका वडा नं १ जेठानगाउँस्थित राप्ती नदीमा पार्किङ् गरी राखेका बा २ क ३१४८, बा २ क २२७१, बा २ क ४४८२ र एउटा अनटेष्ट स्काभेटरमा आगजनी भएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख भरतसिंह राठोरले बताए । 

रातको करीव १२ देखि १ बजेको समयमा आगजनी भएको हुन सक्ने प्रहरी प्रमुख राठोरले बताए । आगजनीबाट स्काभेटर पूर्णरुपमा जलेर नष्ट भएका छन् । आगजनीबाट रू ४ करोडभन्दा बढीको क्षति भएको  अनुमान प्रहरीले गरेको छ । कसले र किन आगजनी गर्‍यो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस