अर्घाखाँची : आज ३१ जना संक्रमितको कन्ट्याक्ट्र ट्रेसिङवाट पहिचान 

तुलसीपुर,२६ जेठ । पूर्वी दाङसित जोडिएको छिमेकी जिल्ला अर्घाखाँचीमा आज(सोमवार) एकैपटक ३१ जनामा संक्रमण पुष्टि भयो। संक्रमण पुष्टि भएका मध्ये यसअघि कोरोना भाइरसकै संक्रमण देखिएका एक जना मृतकसँगै भारतबाट आएकाहरु रहेका छन्। भारतको गुजरातबाट २ बसमा ७ गते अर्घाखाँचीका नागरिकहरु नेपालका लागि हिँडेका थिए। ९ गते नेपाली सीमासम्म आइपुग्दा अर्घाखाँचीको भूमिकास्थानका एक जनाको मृत्यु भएको थियो। मृतकको शव अर्घाखाँचीको सन्धिखर्कमा ल्याएर अन्तिम संस्कार गरियो। पछि उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो।
उनमा संक्रमण पुष्टि भएसँगै उनको कन्ट्याक्ट्र ट्रेसिङबाट ब्यक्तिहरुको नमुना संकलन गरि पठाइएको थियो। जसमध्ये आज ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भयो। संक्रमित मध्ये २९ जना अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कका छन्। संक्रमित मध्ये एक जना नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकसमेत छन्। बाँकी २८ जना मृतकसँगै भारतबाट आएका हुन्। मसँगै सन्धिर्खका ६ र ७ नम्बर वडाका २९ जनामा संक्रमण देखिएको हो, उपप्रमुख विकले भने, सन्धिखर्कमा शव व्यवस्थापन देखि क्वारेन्टाइन व्यवस्थापनका लागि खटिएको थिएँ।

शव व्यवस्थापन प्रोटोकल अनुसार गरिएको थियो। जेखसिवीले ८ फिट गहिरो खाडल खनेर व्यवस्थापन गरेका थियौं। सन्धिखर्क ६ का १३ जना र सन्धिखर्क ७ का १५ जना हरेका छन्। उनीहरु सबै क्वारेन्टाइनमै छन्। संक्रमण पुष्टि भएको जानकारी आउना साथ आफू सेल्फ आइसोलेसनमा बसेको उनले जानकारी दिए। विक सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा का अर्घाखाँची जिल्ला सचिवसमेत हुन् ।  आज पुष्टि भएका मध्ये शितगंगा नगरपालिकाका १० का एक र पाणिनीका एक जना रहेका छन् ।

प्रतिकृया दिनुहोस