आन्तरिक रुपमा हवाई सेवा शुरु गर्ने तयारी तर सार्वजनिक यातायात चलेनन्

असार १७ गतेदेखि आन्तरिक उडान खुला गर्ने सरकारले तयारी गरेको   छ । सरकारले लकडाउनको एक सय दिनपछि आन्तरिक उडान सञ्चालन गर्ने गरि तयारी गरेको हो । 
पहिलो चरणमा असार १७ गतेदेखि काठमाडौं र हिमाली तथा पहाडी रुटको उडान खोल्ने सहमति भएको छ ।
पहिलो चरणको १५ दिनपछि साउनबाट देशभरका सबै स्थानको उडान खुल्ला गरिने छ ।’
साउनमै तेस्रो चरणमा अन्तर्राष्ट्रिय उडान सुचारु गरिने स्रोतले बताएको छ । 
त्यसपछि पहिले सातवटा मुलुकबाट अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने गरि तयारी भईरहेको बुझिएको छ ।
बुद्ध एयरका निर्देशक रुपेश जोशीले प्राधिकरण र व्यवसायीहरुबीचको छलफलपछि आफ्नो कम्पनीले टिकट बुकिङ खुला गर्न लागेको जानकारी दिनुभयो ।
सरकारको निर्णय एक दुई दिनमा आउने अपेक्षा गरिएको निर्देशक जोशीले बताउनुभयो ।
पहिलो चरणमा पहाडी उडान खुला गरिने भएकाले हामीले सुर्खेत, पोखरा र तुम्लिङटारको बुकिङ आईतबार बाट खोलीएको छ ।
प्राधिकरण र व्यवसायीहरुबीच उडान खोल्नेबारे आइतबार बैठक डाकिएको थियो । 
सरकारले चैत ९ गतेदेखि व्यवासायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ भने चैत ११ देखि आन्तरिक उडान पनि रोकिएका छन् । सरकारले ६ पटक निर्णय गर्दै उडानलाई जेठ ३२ सम्म रोक लगाएको   छ । तर सार्वजनिक यातायातका साधन आईतबार देखि सञ्चालन गर्ने सरकारले गरेको तयारी भने पुरा हुन सकेन । कोरोना भाईरस संक्रमण सर्तकता उच्च स्तरीय समितिले तयार पारेको योजनामा एक सय भन्दा कम कोरोना संक्रमित भएका जिल्लामा सार्वजनिक यातायात सञ्चालन गर्ने भन्ने थियो । तर यातायात ब्यबसायिहरुले गाडी सिटको आधा मात्र राखेर सञ्चालन गर्ने प्रस्तावलाई ठाडै अस्वीकार गरेका छन् । दाङ जिल्ला लगायतका केही जिल्लामा एक सय जना भन्दा कम कोरोना संक्रमति छन् । तर अनुदान वा सवारी साधनको भाड बृद्धि भए सञ्चालन गर्ने अडान यातायात ब्यबसायहिरुको छ ।
 

प्रतिकृया दिनुहोस