प्रहरीको सहयोगमा तुलसीपुरमा बैक खुले

तुलसीपुरमा बैक तथा बित्तिय संस्थाहरुले बित्तिय कारोवार आईतबारबाट नियमीत रुपमा सुरु गरेका छन् । तुलसीपुर उपमहानगरपालिकामा गत जेठ २२ गते सम्पन्न सर्वपक्षिय बैठकले बैक तथा बित्तिय संस्था आईतबार बिहान १० बजेदेखि २ बजे सम्म खोल्ने निर्णय गरेको थियो । सोही अनुरुप तुलसीपुरका बैक तथा बित्तिय संस्थाहरु आईतबारदेखि सञ्चालनमा आएका हुन । 
लकडाउनका कारण नियमित सेवा दिन नसकेका बैक तथा बित्तिय संस्थाले ४ घण्टा नियमित सेवा दिन शुरु गरेका हुन । तर पहिलो दिन सामाजिक दुरी कायम गर्न भने बैक तथा बित्तिय संस्थाहरुलाई समस्या भएको छ । सामाजिक दुरी कायम गराउन प्रहरी सहयोग गरेको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरले बैंक तथा वित्तिय संस्थाहरुमा सेवाग्राहीको चाप धेरै हुने भएकाले सेवाग्राहीहरुलाई सामाजिक दुरी कायम गरी सेवा लिन आग्रह गरेको छ । 
सेवाग्राहीको सहजताको लागी प्रत्येक बैंक तथा वित्तिय संस्थाहरुमा गोल घेराको चिन्ह गराएको छ । 
लकडाउनको समयमा बैंकहरुमा मानिसहरुको भिडभाड अत्याधिक भएपछि कोरोना संक्रमणबाट बच्चको लागी  सामाजिक दुरी कायम गर्न  प्रत्यक बैंकहरुमा गोलो घेरा बनाएको ईप्रका तुलसीपुरका निरिक्षक झलक प्रसाद शर्माले बताउनुभयो ।  
अन्य दिनको तुलनामा आज प्राय ठाउँहरुमा सामाजिक दुरी कायम गरेको पाईएको उहाँले बताउनुभयो । 
बैकमा आएका जेष्ठ नागरिकहरुलाई बैंकले नै ब्यवस्था मिलाएको छ , उहाँले बताउनुभयो ।
सामाजिक दुरी कायम गराउन बैंक बाहिर सर्कल बनाएको छ । यसले गर्दा सेवाग्राहीलाई सहज र जोमिख कम हुने छ । ’
प्रहरीले तुलसीपुरका बैंकमा लाईनमा बसेका सेवाग्राहीहरुलाई पानी समेत खुवाउँने गरेको छ । 

प्रतिकृया दिनुहोस