मालपोत त खुल्यो तर सेवाग्राहीलाई फर्कायो

दाङ लगायत देशभरका मालपोत कार्यालय आईतबारबाट खुलेका छन् । चैत ११ गतेदेखि बन्द गरिएका दाङका तुलसीपुर,घोराही र लमहीको मालपोत कार्यालयमा कार्यालय समय अघि नै सेवाग्राहीको भिड लागेको थियो । तर कार्यालयहरुबाट कार्यालयका आन्तरिक प्रशासन, अभिलेख व्यवस्थापन, मुआब्जा र जग्गाको न्यूनतम मूल्य निर्धारण, अड्डा अदालत तथा सरकारी निकायसँग सम्बन्धित आन्तरिक काम मात्रै भएका छन् ।
कार्यालयमा नै पुगेर सेवाग्राहीले सेवा लिने जग्गा प्रशासन सम्बन्धी अन्य सेवा भने दिएको छैन ।
लकडाउन सुरु भएपछि बन्द भएका मालपोत कार्यालय पुन ः सञ्चालन गर्न भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई निर्देशन दिएपछि कार्यालय आईतबारदेखि खुलेका हुन ।
साढे दुई महीना पछि कार्यालय खुलेको जानकारी पाएका सेवाग्राही भने उक्त कार्यालयबाट काम हुने आशा गरेका थिए । तर कार्यालयहरुले भने सेवाग्राहीहरुलाई सेवा दिनको लागी नखुलेको जनाएको तुलसीपुर ७ बम्नैका चुमानसिंह केसीले बताउनुभयो ।
नक्सा निकाल्न र घडेरी पास गरिदिन आएको भएपनि काम भने नभएको केसीले बताउनुभयो ।
लेखापढि काननु ब्यवसायी सुरेश रिजालले सेवाग्राहीहरुले कार्यालय सम्म आउन दुख मात्र पाएको बताउनुभयो । उहाँले भन्नुभयो,सामाजिक दुरी कायम गरी आम नागरिकहरुलाई सेवा दिन ब्यवस्था मिलाउनु पर्छ ।
लेखापढि कानुन ब्यवसायी तुलसीपुरका अध्यक्ष हरिलाल पौडेलेसरकारका लागि राजस्व संकलनमा महत्वपूर्ण भूमिका खेल्ने मालपोत कार्यालयबाट सेवाग्राहीको काम हुने गरि कार्यालय खोल्नुपर्ने बताउनुभयो ।
७५ दिनको लकडाउन पछि आन्तरिक काम गर्न मात्र कार्यालय खोल्न आवश्यक छैन्,उहाले भन्नुभयो । ’
मालपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्काले विभागले शुक्रवारबार कार्यालयलाई परिपत्र गर्दै अन्य अत्यावश्यक लगाएत आन्तरिक कामहरु गर्ने भनि आएपछि त्यहि अनुसार शुरु गरिएको बताउनुभयो ।
कार्यालयको आन्तरिक ब्यवस्थापन, आर्थिक ब्यवस्थापन, न्युनतम मुल्याङकन जस्तामा काम गर्ने उहाँको भनाई छ । 
अड्डा अदालतबाट प्राप्त भएका चिठ्ठीको जबाफ दिनको लागी कार्यालय संचालन गर्न पत्र आएको उहाँले बताउनुभयो । 
कार्यालयले लकडाउनको बेलादेखी नै आन्तरिक काम गर्दै आएको बताउँदै उहाँले सेनिटाईजर, मास्क प्रयोग गरेर काम गर्दै आएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस